२०० किलोमिटर रेन्ज दिने ओकाया फास्ट इलेक्ट्रीक स्कुटर सार्वजनिक

काठमाडौं । ग्रेटर नोयाडामा हालै सम्पन्न इलेक्ट्रीक एक्सपो २०२१ मा धेरै कम्पनीले सहभागीता जनाएका थिए । त्यसै क्रममा कम्पनीले ओकाया फास्ट  प्रर्दशन गरेको थियो ।

ओकायाको भारतीय ब्याट्री उत्पादक कम्पनी हो । कम्पनीले हाल निर्माण गरको नयाँ इलेक्ट्रीक स्कुटर तथा मोटरासइकलसमेत प्रदर्शन गरेको हो । कम्पनीको पोर्टफोलियोमा हाल तीन मोडल रहेको छ ।

कम्पनीले हाल प्रर्दशन गरेको ओकाया फास्ट स्कुटरको आधिकारिक बुकिङ सुरु भएको कम्पनीले जनाएको छ । ओकाया फास्ट स्कुटरको मूल्य ८९ हजार ९९९ भारतीय रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीका अनुसार जनवरीको अन्तिम सातादेखि यसको डेलिभरी सुरु हुनेछ ।

ओकाया फास्टमा कम्पनीलेक कनेक्टेड फिचर दिएको छ । यसमा एल एलइडी लाइट दिएको छ भने कम्वाइन्ड ब्रेकिङ सिस्टम रहेको छ । यसको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा डबल सक सस्पेन्सन यूनिट दिइएको छ ।

यो स्कुटरमा ४.४ किलोवाट लिथिएम आयन ब्याट्री दिइएको छ । जसले एक पटकको फुल चार्जमा १५० किलोमिटर रेन्ज प्रदान गर्छ । सडकको अवस्था तथा चालक अनुसार यो २०० किलोमिटरसम्म यसको रेन्ज पुग्ने कम्पनीको दावी छ । यसमालाई एकपटक फुल चार्ज गर्न ४ घन्टा समय लाग्छ ।


Back_to_top