ओकिनावाको शोरुम जलेर नष्ट, कम्पनीले स्कुटर रिकल गर्‍यो

काठमाडौं । भारतको तामिल नाडुस्थित ओकिनावा इलेक्ट्रीक स्कुटरको शोरुममा आगो लागेको छ । उक्त घटनमा पूरै शोरुम जलेर नष्ट भएको अनुमान गरिएको छ ।

ओकिनावा इलेक्ट्रीक स्कुटर शोरुममा राख्दै गर्दा स्कुटरमा आगो लोगेको थियो । पछिल्लो समय लगातार इलेक्ट्रीक स्कुटरमा आगो लाग्ने घटना बढ्दै गएको छ । यसले विस्तारै बढ्दै गएको दुईपांग्रे इलेक्ट्रीक सवारी साधनमा सुरक्षाको विषयलाई लिएर चिन्ता बढेको छ ।

केही समय अगाडि ओला, प्योर इभी, जितेन्दर ईभी जस्ता ब्राण्डका इलेक्ट्रीक स्कुटरमा आगो लागेको घटना बाहिर आइसकेको छ ।

ओकिनावाको यो घटनामा ब्याट्रीको कारण आगो लागेको अनुमान गरिएको छ । यसको एकीन तथ्य भने बाहिर आएको छैन ।

यसै बीच ओकिनावाले प्रेज प्रो इलेक्ट्रीक स्कुटर रिकल गरेको छ । कम्पनीले ३ हजार १२५ यूनिट प्रेज प्रोमा ब्याट्री समस्या देखिएका कारण रिकल गरेको हो ।


Back_to_top