काठमाडौं । गतवर्ष अगष्ट १५ मा ओलाले ४ फ्यूचरस्टीक डिजाइनमा मोटरसाइकलको कन्सेप्ट देखाएको थियो । अहिले १ वर्षपछि कम्पनीका सीईओ भाविष अग्रवालले नयाँ मोटरसाइकलको तस्बिर सार्वजनिक गरेका छन् ।
अग्रवालले आफ्नो सामाजिक संजालमा नयाँ तस्बीर सार्वजनिक गरेर मोटरसाइकल आउने तयारी भइरहेको संकेत गरेको हुन् । उनले सार्वजनिक गरेको तस्बिरमा ट्यूवल च्याचिस फ्रेममा ठूलो ब्याट्री प्याक देख्न सकिन्छ ।
कम्पनीले गतवर्ष प्रर्दशन गरेको मोटरसाइकलका कन्सेप्ट मोडलहरु थिए । कम्पनीले केही समय अगाडि मात्र ३ मोटरसाइकलको पेटेन्ट दर्ता गराएको थियो जुन उत्पादन प्रेरित डिजाइनमा रहेका छन् ।
अग्रवालले सार्वजनिक गरेको तस्बिरमा देखिएको ब्याट्री प्याक हाल उपलब्ध कुनैपनि स्कुटरमा प्रयोग नभएको देखिन्छ । उक्त तस्बिरको फ्रन्टमा स्पोर्केट तथा चेन समेत देख्न सकिन्छ । यस्तै यसमा फुटपेग समेत देखिएको छ ।
ओलाले भारतीय इलेक्ट्रीक स्कुटरको मार्केटमा राम्रो उपस्थिति देखाएको छ । कम्पनीको पोर्टफोलियोमा हाल ७४ हजार ९९९ रुपैयाँदेखि १ लाख २९ हजारसम्मका स्कुटर बिक्री गर्दै आएको छ ।


