अब ५६ लाखमै ‘ओमोडा ई-५’

काठमाडौं । अब ५५ लाख ९९ हजारमै ओमोडा ई-५ किन्न पाइने भएको छ । नेपालको लागि ओमोडाको आधिकारीक बिक्रेता एसपीजी अटोमोवाइलले केही फिचर हटाएर कम मूल्यको ओमोडा ई-५ नेपाल ल्याएको हो ।

यसअघि टप भेरियन्टको मूल्य ६१ लाख ९९ हजार मूल्य तोकेर बिक्री हुँदै आएको ओमोडाको मूल्य ६ लाख रुपैयाँले सस्तो भएको हो । अझ ड्यूल टोन कलर भेरियन्टको मूल्य ६२ लाख ४९ हजार रुपैयाँ थियो ।

कम्पनीले ल्याएको नयाँ भेरियन्टमा ७ वटा फिचर छैनन् । जसमा सनरुफ पनि छैन । ओमोडाले ई-५ को टप भेरियन्टमा सानो साइजको सनरुफ छ । यसका अलावा ३६० डिग्री क्यामेरा, पावर टेलगेट, प्राइभेसी तथा साइलेक्ट क्लास, प्याडल लाइट जस्ता फिचर छैनन् ।

टप भेरियन्टमा ८ वटा स्पीकर उपलब्ध छ भने नयाँ आएको भेरियन्टमा ६ वटा स्पीकर पाउन सकिन्छ ।


Back_to_top