काठमाडौं । त्रिवेणी मोटोकर्प चिनियाँ लाइट कमर्शियल भेहिकल उत्पादक स्याङडोङ कामा अटोमोबाइलको इलेक्ट्रीक कमर्शियल भेहिकलको आधिकारिक बिक्रेतामा नियुक्त भएको छ ।
हाल चिनियाँ कमर्शियल भेहिकल डोङफेङको डीएफएसी ब्राण्डको इलेक्ट्रीक भ्यान बिक्री गर्दै आएको त्रिवेणीले अर्को चिनियाँ ब्राण्ड हात पारेको हो ।
त्रिवेणी ग्रुपले ल्याएको कामा इलेक्ट्रीक भ्यानमा ४१.८६ किलोवाट आवरको सीएटीएलको लिथियम आयोन फोस्फेट ब्याट्रीप्याक रहेको छ ।

यो भ्यानले एकपटकको फुलचार्जमा २८० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले दाबी गरेको छ । यो ईभी भ्यान मात्र ४५ मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने तथा १०० किलोमिटर प्रतिघण्टाको टपस्पीड रहेको छ ।
१८० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको यी भ्यानहरू नेपाली बाटाहरूका लागि उपयुक्त रहेको कम्पनी स्रोतले बताएको छ । यी भ्यानहरूमा ३५ र ७० किलोवाट पिकपावर तथा २२० न्युटन मिटर टर्क भएको इलेक्ट्रीक मोटरको अप्सन रहेको छ ।
ईएसपी सिक्स मोडल नेपाली बजारमा चलन चल्तीमा रहेको ११ सिटे भ्यान हो । यसको लम्बाइ ४८६५ एमएम, चौडाइ १७१५ एमएम तथा उचाइ २०६५ एमएमको रहेको छ । यो भ्यानको ह्वीलबेस ३०५० एमएमको रहेको छ । रियर ह्वील ड्राइभ मोटर दिएको यो भ्यानको कर्भवेट १६२० केजी रहेको छ भने लोडिङ क्यापासिटी ११०० केजीसम्मको रहेको छ ।

यो ईभी नेपाली बजारमा बिक्री भइरहेको अन्य ब्राण्डका ईभी भन्दा ३६५ एमएम लामो रहेको छ । जसले गर्दा सबैभन्दा पछाडिको रो सिट समेत कम्फर्टेबल हुनुको साथै लगेजस्पेश समेत रहेको छ ।
त्यस्तै, कामाको ईएसपी सेभेन मोडल १४ सिटे इलेक्ट्रीक भ्यान हो । यसको लम्बाइ ५२६५ एमएम, चौडाइ १७१५ एमएम, उचाइ २०६५ एमएम रहेको छ । यो ईभीको ह्वीलबेस ३४५० एमएमको रहेको छ । यो ईभीको कर्भवेट १६८० केजी तथा म्याक्सिमम लोडिङ क्यापासिटी १२०० केजी छ ।

दुवै ईभी भ्यानमा एसी, किलेस इन्ट्री, पावर विण्डो, सेन्टरलक, रिभर्स क्यामरा तथा पार्किङ सेन्सर, मल्टिफङ्सन डिस्प्ले, डिउल एयरब्याग,पावर स्टेरिङ, गियरसिफ्ट इन्डिकेटर, एबीएस, ईबीडी, स्पेयर टायर लगायत फिचर छन् ।
कामा ईभी २ पिकअप ट्रक
पिकअप ट्रकमा कामाको ईभी २ मोडल रहेको छ । यसमा पनि समान सीएटीएलको ४१.८६ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ । यसले एक पटकको फुलचार्जमा २२० किलोमिटरको रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।

त्यस्तै, यो ट्रकमा पनि ३५ र ७० किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ । कम्पनीले कामा ब्राण्डको दुई मोडलको भ्यानका साथै १.५ टनको पिकअप ट्रक समेत ल्याएको हो । यसको लम्बाइ ५५९५ एमएमको रहेको छ भने कार्गो बक्सको लम्बाइ ३३०० एमएमको रहेको छ ।
यो ट्रकको क्याबिनमा एयरकण्डिसन, पावर स्टेरिङ, सेन्टरलक, एबीएस, ईबीडी, पावरविण्डो, डिउल एयरब्याग, रिभर्स पार्किङ क्यामरा, रिभर्स पाकिङ सेन्सर, सेन्टर स्क्रीन, रिमोट कन्ट्रोल लक अनलक जस्ता फिचरहरू रहेको छ ।
त्रिवेणी मोटोकर्पले इलेक्ट्रीक भ्यान तथा पिकअप ट्रकमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी रहेको बताएको छ । यी दुवै मोडलको इलेक्ट्रीक भ्यान र ट्रक नेपाल भित्रिसकेका छन् र आगामी नाडा अटोशोमा लन्च हुने कम्पनी स्रोतले बतायो ।

