भारतबाट सुजुकी फ्रङ्क्स जापान निर्यात सुरू

काठमाडौं । सुजुकी इन्डियाले जापानमा कार निर्यात सुरू गरेको छ । कम्पनीले भारतमा उत्पादन गरेको सुजुकी फ्रङ्क्स क्रसओभर एसयूभी जापान निर्यात थालेको हो ।

सुजुकीले फ्रङ्क्स एसयूभी भारतको गुजरात स्थित सुजुकी इन्डिया लिमिटेडको प्लान्टमा मात्रै उत्पादन गर्दै आएको छ । कम्पनीले पहिलो चरणमा १६ यूनिट फ्रङ्क्स मोडल जापान निर्यात गरेको हो ।

फ्रङ्कसले भारतमा धेरै अवार्ड जितेको थियो । फ्रङ्क्स भारतमा उत्पादन भएर निर्यात हुने बलेनोपछि दोस्रो मोडल हो । भारतको सबैभन्दा ठूलो प्यासेन्जर कार उत्पादक र ठूलो मध्येको एक निर्यातकर्ता हो । सन् २०२३/२४ मा मारुती सुजुकीले १०० भन्दा बढि देशमा २ लाख ८० हजार गाडीहरु निर्यात गरेको थियो ।

मारुती सुजुकीले फ्रङ्क्सलाई ल्याटीन अमेरिका, मिडल इस्ट तथा अफ्रिकामा समेत निर्यात गर्दै आएको छ । सुजुकी फ्रङ्क्स भारतमा बिक्री र निर्यात गरेर २ लाख यूनिट बिक्री पुरा भइसकेको छ ।


Back_to_top