विश्वकपमा नेपालले बनाउने रन बराबरको रुख रोप्दै ओमोडा

काठमाडौं । विश्वकप टी-२० क्रिकेट अमेरिकमा सुरु भएको छ । विश्वकपसँग जोडिएर अधिकांश कम्पनीले स्कीम चलाइरहेका छन् । यहि क्रममा ओमोडाले पनि नेपाली क्रिकेट टीमले बनाउने रन बराबरको रुख रोप्ने योजना सार्वजनिक गरेको हो ।

‘नेपाल स्कोर, ओमोडा ग्रोज्स’ नारासहित प्रत्येक रनमा एक रुख रोप्ने एसपीजी अटोमोवाइलले जनाएको छ । त्यसैगरी हरेक ‘चौका’मा ५ रूख रोपिनेछ भने हरेक ‘छक्का’ र हरेक ‘विकेट’मा १० रूख रोपिने छ । यसअन्तर्गतको वृक्षारोपणका लागि ब्रान्डसँगै नेपालभर रहेका ओमोडा खरिदकर्ताहरुले सहभागिता जनाउनेछन् ।

‘हाम्रो यो कदम दिगो भविष्य प्रतिको महत्वपूर्ण प्रतिवद्धता हो । ओमोडाले आधुनिक र वातावरणमैत्री प्रविधिको प्रयोगबाट पर्यावरणको संरक्षण गर्ने लक्ष्यमा लिएको छ । विद्युतीय गाडीको प्रयोगले वायु प्रदूषण न्यून गर्नुका साथै जलवायु परिवर्तन विरुद्ध लड्न पनि सहयोग गर्दछ । हाम्रो यस अभियानले हामीलाई यही लक्ष्यमा अघि बढाउँछ र नेपाली क्रिकेट टोलीको लागि अझ जोसिलो समर्थन र उत्साह थप्न मद्दत पुर्‍याउँछ’, कम्पनीका प्रबन्ध निर्देशक गौरब सारडाले भने ।


Back_to_top