कारमा ओभरलोड छ भने निम्तन सक्छ यी ५ खतरा

काठमाडाैं । साधारणतया, मानिसहरू कारको ओभरलोडिङमा त्यति छलफल गर्दैनन् । मानिसहरू सोच्छन् कि यो एक सामान्य कुरा हो । तर, कारको क्षमता भन्दा अधिक वजन राखी चलाएमा चालक र यात्रु दुवैलाई खतरा हुन सक्छ । कार ओभरलोड हुँदा यी ५ कारणले खतरा हुन सक्छ । 

एक्सिलेरेशन र ब्रेकमा खराब असर 

अतिरिक्त वजनले कारकाे स्पिडमा नराम्रो असर गर्छ । कारको क्षमता भन्दा अधिक वजन राखी चलाउँदा, कारको स्पिड आफै कम हुन्छ । यही कुरा ब्रेकमा पनि लागू हुन्छ । अधिक वजनको कारण, ब्रेकमा धेरै दबाव पर्छ । प्रायः हलुका वजन राखेर कार चलाउँदा ब्रेकले राम्रो काम गरिराखेको पाइन्छ । 

कारको सस्पेन्सन र टायर 

अतिरिक्त वजनको कारण, टायर र सस्पेन्सनले क्षमता भन्दा बढी वजन बोक्न पर्ने हुन्छ जसले गर्दा टायर फुट्ने सम्भावना धेरै हुन्छ । 

हेन्डलिङमा समस्या 

कारको अगाडिको भागमा केवल दुई व्यक्ति बस्ने सिट रहेको हुन्छ । तर, कहिलेकाहीँ अगाडिको भागमा दुई वा बढी व्यक्तिलाई राखिएको हुन्छ । यसले चालकलाई गाडी चलाउन अप्ठ्यारो बनाउँछ । 

यस अवस्थामा चालकले न सही रूपमा स्टीयरिङ समाउन सक्छ न ठिकसँग गियर चेन्ज गर्न सक्षम हुन्छ । यस्तो अवस्थामा, यदि ट्रक वा अन्य सवारीसाधन अघि आउदा चालकलाई नियन्त्रण गर्न गाह्रो हुन्छ, जसले दुर्घटना निम्तन सक्छ । 

फजुल खर्च र बीमा

कारको ओभरलोडले इन्जिन, ब्रेक र गियर आदिमा अधिक दबाव पार्छ । अत्यधिक दबावको कारण, गाडीको यी भागहरूले आफ्नो प्रदर्शन गुमाउँछन् । स्वभाविक रूपले, यसलाई बनाउन सर्भिसिङ र जाँच गराउनुपर्छ । यसले तपाईंको खर्च बढाउनुको साथै  अन्य समस्या पनि देखाउँछ र यस्तो अवस्थामा, बीमा कम्पनीहरूले पनि तपाईंलाई साथ दिँदैन । 

सुरक्षा र ट्राफिक नियमको विरुद्ध

कारमा क्षमता भन्दा बढी व्यक्तिहरूलाई राख्दा यात्रुहरुले सीट बेल्ट लगाएका हुँदैनन् । यस्तो स्थितिमा, यदि तपाईंको कार दुर्घटनामा पर्यो भने, एकैपटकमा धेरैको क्षति हुन सक्छ । ओवरलोडिङ ट्राफिक नियमहरू विरुद्ध हो, र नियम पालना नगरेकोमा उल्तटै तपाईंले जिरवाना तिर्नु पर्छ ।


Back_to_top