शासकको सवारीः ब्यालेष्टिक मिसाइलले न छुने बिएमडब्लुमा हुइकन्छन् अब्बासी

पाकिस्तानी प्रधानमन्त्री शाहित खाकान अब्बासी  विश्वमा धेरै सुरक्षा खतरा भएका नेता मध्यमा पर्छन् । पाकिस्तानमा आतङ्गबादी हमला र बम पड्किने घटनाहरु प्रायः भईरहन्छन् । 

पाकिस्तानी भूतपूर्व प्रधानमन्त्री बेनेजीर भुट्टोको हत्या पनि रावलपिण्डीमा आतङ्गबादी हमलामा गाडी चढिरहेकै बेलामा भएको थियो । त्यकारण पनि त्यहाँका प्रधानमन्त्री तथा राष्टपतिलाई भ्रमणको बेलामा विषेश सुरक्षासहितको सवारी दिने गरिन्छ । 

अब्बासी बिएमडब्लुको ७६० एलआर्ई संस्करणको कार प्रयोग गर्छन् । उनको लागि खरिद गरिएको दुईवटा बिएमडब्लुको मूल्य पाकिस्तानी २५ करोड रहेको छ । 

बुलेट प्रुफ तथा व्यालेष्टिक मिसाइलले समेत क्षति पूर्याउन नसक्ने यी कार जर्मन कम्पनी बिएमडब्लुले विशेष अर्डरमा बनाएको हो । यसमा भीआर नाईन लेभलको प्रोटेक्सन रहेको जनाईएको छ । 

कारको बेशमा ६ सेमी बाक्लो धातुबाट बनेको आरमार तथा यसका ग्लासहरु मल्टीलेयर प्रोटेक्टेडले बनेको छ । उनको सवारीको लस्करमा सबभन्दा अगाडि प्रहरीको गाडी हुन्छ, त्यस पछि अन्य सुरक्षा निकायका गाडीहरु, आदा दर्जन मोटर साईकल, एम्बुलेन्स, दमकल तथा नेटवर्क ज्यामरसमेत प्रयोग गर्ने गरिनछ । 

पाकिस्तानको राजधानीमा उनको गाडीको लस्कर कम्तीमा २० वटा हुने गर्दछ भने बाहिरी इलाकामा भ्रमण गर्दा १०० वटासम्म हुने गरेको छ ।


Back_to_top