२१ गतेदेखि मल्टीब्राण्ड ‘एक्सचेन्ज एण्ड अपग्रेड क्याम्प’ गर्दै पारामाउन्ट मोटर्स

काठमाडौं । नेपालमा एमजी, आइएम, माज्दा, वुलिङ र म्याक्सस ब्रान्डहरूको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले कात्तिक २१ गतेदेखि ‘एक्सचेन्ज एण्ड अपग्रेड क्याम्प’ आयोजना गर्ने भएको छ ।

कम्पनीले आफ्नो पोर्टफोलियोमा रहेका सबै ब्राण्डहरू समेटेर एकैठाउँमा एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको हो ।

कात्तिक २३ गतेसम्मसम्म संचालन हुने उक्त क्याम्प हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म संचालन हुनेछ ।

काठमाडौं उपत्यकामा एलिस रिसेप्सन, नक्साल, गैरिधारा र उपत्यकाबाहिरका सबै डिलरशिपहरूमा संचालन हुने कम्पनीले जनाएको छ ।

तीनदिने क्याम्पमार्फत ग्राहकहरूले आफ्ना सवारीसाधनहरू १५ लाख रुपैयाँसम्मको विशेष लाभसहित अपग्रेड गर्न सक्नेछन् । साथै, ग्राहकले सहज फाइनान्स सुविधा, आकर्षक नगद छुट र पुराना गाडीको उच्च मूल्याङ्कनसहितको एक्सचेन्ज अफरहरू पाउने छन् ।

क्याम्पमा माज्दा, वुलिङ, आईएम, एमजी र म्याक्सस ब्राण्डका सवारी साधन प्रदर्शन गरिने छ ।

क्याम्पमा पारिवारिक वातावरण सहितको किड्स जोन, नेल आर्ट, मेहेन्दी सेसन, फेस पेन्टिङ, फुड एन्ड गेम्स जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरूको व्यवस्था हुनेछ।

ग्राहकले आइएमको इन्टेलिजेन्ट इलेक्ट्रीक एसयूभी आइएम सिक्स को प्रत्यक्ष अनुभव लिन सक्नेछन् । यसका क्र्याब वाक, आइएडी, पार्किङ सोलुसन, पुल–आउट तथा रिभर्स असिस्ट जस्ता अत्याधुनिक वन टच फीचर्स पनि अवलोकन गर्न सक्नेछन्।


Back_to_top