प्यूजोले दक्षिण-पूर्वी एसियाली बजारमा १२५ सीसीको बाइक ल्याउने

महिन्द्रा एन्ड महिन्द्राले प्यूजो मोटरसाइकलमा लगानी गर्ने भएको छ । यसअघिनै दुई पाङ्ग्रे सवारीसाधन बीएसए र जावामा लगानी गरिसकेको कम्पनीले अहिले भने प्यूजो मोटरसाइकलमा लगानी गर्न लागेको हो । 

मिडिया रिपोर्टका अनुसार प्यूजो मोटरसाइकलले १२५ सीसी र ३०० सीसीको स्कुटर बजारमा ल्याउन योजना बनाएको छ । सन् २०२० सम्ममा प्यूजो समूहको बजार हिस्सामा मोटरसाइकलको मुख्य भूमिका रहने आँकलन गरिएको छ । 

यसका साथै कम्पनीले अन्य रेन्जमा बिभिन्न सात नयाँ मोडलहरु उतपादन गर्ने योजना बनाएको छ । यसका लागि प्यूगोले ६ मिलियन डलर थप लगानी गरेर थाइल्यान्डमा प्लान्ट लगाउने तयारी गरेको छ । 

प्यूजोले आफ्ना नयाँ मोडलहरु दक्षिण पूर्वी एसियाको बजारलाई मध्यनजर गर्दै उत्पादन गर्न लागेको हो । 


Back_to_top