पुराना बाइक चढ्नेलाई लोभ्याउँदै कम्पनी, चार ब्रान्डले ल्याए यस्तो एक्स्चेन्ज अफर

काठमाडौं । दशैंको मुखमा मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनीहरुले बिभिन्न अफर दिएर आफुले बिक्री वितरण गर्दै आएको ब्रान्ड बिक्री बढाउन लागि परेका छन् ।

दशै आउनै लाग्दा सबै कम्पनीले बिभिन्न उपहार योजनासहित बाइक बिक्री वितरण गरिरहेको भएपनि उनिहरुले पुरानो मोटरसाइकल चढिरहेकालाई केन्द्रमा राखेर एक्स्चेन्ज मेला आयोजना गरिरहेका छन् । 

एक्स्चेन्ज अफर प्रायः सबै कम्पनीले दिइरहेका हुन्छन् त्यस्तोमा बजारका मोटरसाइकल सेग्मेन्टका मुख्य प्लेयर बजाज, यामाहा, टीभीएस र सुजुकीले विशेष मेला नै आयोजना गरेर एक्स्चेन्ज गरिरहेका छन् । 

यस्तोमा उपभोक्तालाई कुन कम्पनीले कस्तो अफरसहित पुराना बाइक किनेर नयाँ बाइक दिइरहेका छन् भन्ने थाहापाउन सजिलो होस् भनेर हामीले यो रिपोर्ट तयार पारेका हौं ।   

बजाजको एक्सचेन्जसँगै अपग्रेड अफर 

बजाज कम्पनीको लागि नेपालको आधिरकारीक वितरक हन्सराज हुलासचन्द एन्ड कम्पनीले दशैलाई लक्षित गर्दै एक्सचेन्जसँगै अपग्रेड अफर ल्याएको छ । कम्पनीका अनुसार असोज २१ गतेबाट २६ गतेसम्म सो अफर  प्रदान गरिने छ । 

कम्पनीले पुराना मोडलका बाइकमा उत्कृष्ट मूल्य प्रदान गर्नुका साथै न्युनतम ब्याजदरमा फाइनान्स सुविधा र प्रत्येक खरिदमा आकर्षक उपहारको व्यवस्था गरेको जनाएको छ । यसका साथै नयाँ मोडल खरिद गर्ने ग्राहकलाई पकेट फुल अफरमा समेत सहभागि हुन पाउने छन् ।

यमाहाको एक्सचेन्ज अफर

यामाहाको लागि नेपालको आधिकारीक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले विजया दशमीलाई लक्षित गर्दै एक्सजेन्स र अपग्रेडको अफर ल्याएको छ ।   कम्पनीले यामाहाको पुराना मोटरसाइकललाई न्युनतम ३० हजार ग्यारेन्टीका साथ दिने जनाएको छ । कम्पनीले उक्त अफर नेपालभर संचालित सबै शोरुमबाट असोज २४ गतेसम्म लिन सक्ने जनाएको छ । 

कम्पनीका अनुसार स्कुटर र बाइक दुबैमा यो अफर लागुहुने छ । साथै, नयाँ मोडलका बाइक तथा स्कुटरको खरिद गर्दा स्क्राच कार्ड मार्फत सात हजार देखि १ लाखसम्म नगद छुट, हरेक हप्ता लक्की ड्र मार्फत यमाहा आरथ्री जित्ने मौका, टेस्ट ड्राइभमा सरप्राइज गिफ्टको समेत अफर ल्याएको छ ।

त्यति मात्रै नभई २० प्रतिशत डाउनपेमेन्टमा यमाहा स्कुटर र सलुटो मोटरसाइकल खरिद गर्न सकिने यामाहाले अफर ल्याएको छ । 

टिभीएसको ग्रान्ड एक्सचेन्ज अफर

यसैबिच, टिभीएस कम्पनीको लागि नेपालको आधिरकारिक वितरक जगदम्बा मोटर्सले ग्रान्ड एक्सचेन्जको अफर ल्याएको छ । कम्पनीले राम्रौसँग गुड्ने वा नगुड्ने जस्तोसुकै पुरानो मोडलको मुल्यांकन न्युनतम ३० हजार रुपैयाँ गर्ने जनाएको छ ।

साथै, स्क्राच कार्ड मार्फत ७ हजारदेखि १ लाखसम्म नगद छुट दिने कम्पनीले जनाएको छ । तर, यो अफर आरटीआर १६० २भि र आरटिआर १८० २भिमा मात्रै लागु हुने कम्पनीको जनाएको छ । 

यो योजना आजबाट २३ गतेसम्म संचालन हुने छ । टीभीएसका नयाँ आरटीआर २०० ४भी, आरटीआर १६० ४भी र एनटर्क स्कुटरमा भने लागु हुने छैन ।   

सुजुकी एक्स्चेन्ज मेला

नेपालको लागि सुजुकी बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले विजया दशमी तथा दीपावलीको अवसरमा आफ्नो सोरुमहरुमा मेगा एक्सचेन्ज क्याम्प गर्ने भएको छ । सो क्याम्प आगामी असोज २१ बाट प्रारम्भ भई २७ गते सम्म चल्ने छ । क्याम्प सुजुकीका नेपालभर रहेका ३४ वटा सोरुममा सञ्चालन हुने कम्पनीको भनाइ छ ।

सो क्याम्पमा कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग नयाँ सुजुकी बाइक तथा स्कुटर सजिलै एक्सचेन्ज गर्न सकिने छ । कुनै पनि पुराना बाइक तथा स्कूटरको बजारमा प्रचलित भ्यालुएसन भन्दा थप १५ हजार अतिरिक्त मूल्य प्रदान गरिने कम्पनीले बताएको छ ।

विजया दशमी तथा दीपावलीलाई लक्षित गर्दै स्किम अन्तर्गत सुजुकी बाइक तथा स्कुटर खरिद गर्दा बाइकमा ८ हजार र स्कुटरमा १० हजार छुट प्रदान गरिनुका साथै १० जनालाई बम्परमा जापान भ्रमण गराउने कम्पनीले अफर गरेको छ । 


Back_to_top