पोडवेकाे सम्भाव्यता अध्ययन गरिने

काठमाडौं । सरकारले बजेटमार्फत् पोडवे बनाउने उद्घोष गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले पृथ्वी राजमार्गको बिमलनगरदेखि गोरखाको लिगलिगकोट, भच्छेक, बारपाक, बुङकोट, गोरखा बजार, मनकामना, बेनीघाटसम्म पोडवे लगातप्रणाली निर्माण गर्ने बताएका हुन् ।

पोडवेको सम्भाव्यता अध्ययन र लगानीको ढाँचा तय गरी निमाण कार्य अगाडि बढाइने बजेटमा घोषणा गरिएको हो ।


Back_to_top