सडक र यातायात क्षेत्रको लागि १५० अर्व विनियोजन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आज संघिय संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को लागि प्रस्तुत गरेको बजेटले सडक पूर्वाधार र यातायातमा ठूलो रकम विनियोजन गरेको हो ।

बजेटले पूर्व पश्चिम राजमार्गको स्तरोन्तीको लागि २९ अर्व ८८ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै काठमाडौं–निजगढ द्रुतमार्गको लागि २२ अर्व ५४ करोड रुपैयाँ छुट्टाइएको छ ।

यसका अलावा मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, कालिगण्डकी करिडोर, गल्छी रसुवागढी सडकखण्ड बिस्तारमा ठूलो रकम विनियोजन गरिएको छ । हुलाकी राजमार्ग लगायतका पुराना योजनामा बजेट छुट्टाइएको छ ।

सार्वजनिक यातायातको क्षेत्रलाई ब्यवस्थित गर्ने कुरा बजेटले सम्बोधन गरेको छ । समग्र यातायात र सडक पूर्वाधार विकासको लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।


Back_to_top