काठमाडौं । लक्ष्मी इ-मोविलिटीले नेपाल ल्याएको केई ब्राण्डको विद्युतीय एसयूभी एक्सथ्री प्रो मोडल काठमाडौंमा देखिएको छ । कम्पनीले केही दिनअघि अधिकतम खुद्रा मूल्य ५२ लाख ९६ हजार तोकेको इलेक्ट्रीक एसयूभी काठमाडौं आइपुगेको हो ।
केई एक्स-थ्री प्रो मोडलमा ५३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक रहेको एसयूभीमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध रहने छ । कारको ड्यासबोर्डमा फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । टु स्पोक स्टेरिङ ह्वील उपलब्ध एसयूभीमा १०.५ इन्चको इन्ट्रुमेन्ट क्लष्टर देखिएको छ ।
यसको सेन्टर कन्सोल पनि केहि पृथक देखिन्छ । विभिन्न स्वीच बटमहरु कन्सोलमा नै दिइएको छ । साथै एसीभेन्टको ठिक तलपनि स्वीचहरु पाउन सकिन्छ ।
ईभी प्रेरित क्लोजअफ ग्रिल, प्रोजेक्टर एलइडी हेडल्याम्प, हेडल्याम्पसँगै दिइएको डे टाइम रनिङ लाइटर तल्लो बम्परमा एयर ड्याम पाउन सकिन्छ ।