पोर्श्चे ७१८ बक्सस्टर लिएर नेपाल घुम्न आए चिनियाँ व्यापारी (भिडियोसहित)

काठमाडौं । जर्मन लक्जरी ब्राण्ड पोर्श्चेको कार लिएर चिनियाँ व्यापारी नेपाल घुम्न आएका छन् । एक चिनियाँ व्यापारीले पोर्श्चे ७१८ बक्सस्टर कार लिएर नेपाल घुम्न आएका हुन् ।

उनले उक्त गाडी रसुवागढी नाका हुँदै टोइङ नेपालमार्फत काठमाडौं ल्याएका हुन् । चीनबाट रसुवागढीसम्म गुडाएर र रसुवागढीबाट काठमाडौंसम्म गाडीमा बोकाएर ल्याइएको हो ।

स्रोतका अनुसार ती चिनियाँ व्यापारी १ वर्ष नेपाल बस्ने र सो दौरान यात्रा गर्नका लागि आफ्नै कार लिएर आएका हुन् ।

उनले नेपाल बसाइको क्रममा काठमाडौं, पोखरा, लुम्बिनी लगायत पर्यटकीय गन्तव्यमा घुमघाम गर्ने बताइएको छ ।

उनले पेट्रोलबाट चल्ने कार नेपाल ल्याएका हुन् । पोर्श्चे ७१८ बक्सस्टर कुप्पे डिजाइन कार हो । उनले नेपाल ल्याएको पोर्श्चेमा १९८८ सीसी क्षमताकाे  इन्जिन छ । यसले ३०० हर्सपावर जेनेरेट गर्छ ।

उक्त कारले ० देखि ९६.५ किलाेमिटरको स्पीड भेटाउन ४.७ सेकण्ड मात्रै लाग्छ । यसको टप स्पीड प्रतिघण्टा २७५ किलोमिटर छ ।

अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य ७४ हजार ९०० अमेरिकी डलर रहेको छ ।

यसअघि नेपालमा बिक्री प्रयोजनका लागि पोर्श्चे मकान ४ इलेक्ट्रीक कार ल्याइएको थियो । उक्त कार अरेटे इन्टरनेशसनले नेपाल ल्याएको थियो ।

@meroauto.com

PORSCHE 718 boxster in nepal #meroauto #highlight #fypツ #foryou #automobile #porsche #porscheboxster #china #goviral

♬ original sound – alishaacharya_


Back_to_top