प्रवेगको प्रिमियम इलेक्ट्रीक एसयूभी नोभेम्बरमा आउने, रेन्ज ५ सय किमि

काठमाडौं । विश्व बजारमा विद्युतीय गाडीको माग बढ्न थालेसँगै विभिन्न कम्पनीले नयाँ नयाँ मोडल बजारमा ल्याइरहेका छन् । स्थापित कम्पनीसँगै थुप्रै स्टाटअप कम्पनीहरु विद्युतीय गाडी उत्पादनमा काम गरिरहेका छन् ।

भारतीय स्टार्ट अप कम्पनी प्रवेगले पनि छिटै लामो रेन्ज भएको एसयूभी बजारमा उतार्ने तयारी गरिरहेको छ । कम्पनीले आगामी नोभेम्बर २५ मा लन्च गर्ने भएको छ । सन् २०२० मै आफ्नो पहिलो इलेक्ट्रीक सेडानको कन्सेप्ट देखाएको कम्पनीले नोभेम्बरमा एसयूभी सार्वजनिक गर्न लागेको हो ।

प्रवेगले आफ्नो नयाँ इलेक्ट्रीक एसयूभीको टिजार समेत सार्वजनिक गरिसकेको छ । कम्पनीले सार्वजनिक गरेको टिजर आनुसार नयाँ एसयूभी निकै प्रिमियम फिचर उपलब्ध हुनेछ । यसमा दुईवटा सनरुफको प्रयोग भएको छ । यसको टेललाईट दुबै तर्फबाट जोडिएको आकर्षक देखिन्छ ।

नयाँ एसयूभीको रेन्ज ५ सय किलोमिटर भन्दा धेरै रहने बताइएको छ । यसको टप स्पीड २०० किलोमिटर प्रतिघण्टा रहने छ । ब्याट्री र मोटरको साइजको बारेमा अहिलेसम्म कुनै कुरा बाहिर आएको छैन । यसलाई डिसी फास्ट चार्जरले ८० प्रतिशतसम्म चार्ज गर्न केबल ३० मिनेट मात्र लाग्ने छ । यसको ब्याट्री १० लाख किलोमिटरसम्म चल्ने कम्पनीको दावी छ ।

अत्याधुनिक फिचर उपलब्ध एसयूभीमा अनबोर्ड वाईफाई, १५ इन्चको ल्यापटप डेस्क, लिमोजीनको जस्तै पार्टेसन, २२० भोल्टको चार्जिङ सकेट, पीएम २.५ क्वालीटी इन्डेक्स भएको एयर फिल्टर, भ्यानीटी मिरर, वायरलेस मोवाइल चार्जर, यूएसवी सकेट तथा प्रिमियम क्वालीटीको साउण्ड सिस्टम रहने छन् ।


Back_to_top