काठमाडौं । अल्ट्राभोइलेट एफ ७७ मोटरसाइकल को मूल्य निर्धारण भएको छ । केडिया इन्टरनेशनलले नेपाल भित्र्याएको अल्ट्राभोइलेट एफ ७७ को मूल्य ९ लाख ९९ हजार रुपैयाँ तोकेको हो ।
कम्पनीले पहिलो ३० ग्राहकका लागि यो मूल्य लागू हुने कम्पनीले बताएको छ भने यस पश्चात यसको मूल्य वृद्धि हुनेछ ।
केडिया इन्टरनेशनलले नाडा अटो शो२०२३ मा एम्पीयर इलेक्ट्रीक सार्वजनिक गरेर बिक्री सुरु गरेको थियो । अर्को महिनादेखि प्रिमियम इलेक्ट्रीक मोटरसाइकल अल्ट्राभोइलेट एफ ७७ को बिक्री सुरु गर्ने तयारी गरेको हो ।
अल्ट्राभोइलेट एफ ७७ भारतमा विभिन्न तीन भेरियन्ट उपलब्ध छ । एफ ७७ लाइटिनिङ, एफ ७७ स्याडो र एफ ७७ लेजरगरी तीन भेरियन्टमा छनोट दिइएको छ ।
यो पनि पढ्नुहोस्ः नक्सालमा तयार हुँदै पावरफुल इलेक्ट्रीक मोटरसाइकल अल्ट्राभोइलेटको शोरुम, चाँडै बिक्री सुरू हुने
अल्ट्राभोइलेट एफ ७७ मोटरसाइकलमा निकै पावरफुल ३० किलोवाट पीक पावर भएको एयर कुल्ड मोटर छ । यसको टप स्पीड प्रतिघण्टा १४७ किलोमिटर रहेको कम्पनीको दाबी छ । मोटरसाइकलमा इको, स्पोर्ट र इन्सेनगरी तीन राइडिङ मोड पाउन सकिन्छ ।
यसको टप भेरियन्टमा १०.५ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री उपलब्ध छ । यसलाई सामान्य चार्जरबाट ४ घण्टामा र फास्ट चार्जरबाट एक घण्टा ५० मिनेटमा फुलचार्ज गर्न सकिन्छ । यसले एक पटकको फुलचार्जमा ३०७ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।


