यात्री मोटरसाइकलले नम्बर प्लेट पाउने, प्रधानमन्त्रीको आयो निर्देशन

नेपालमा उत्पादन भएका यात्री लगायत सवारीसाधन दर्ता नभएको गुनासो आएको भन्दै उनले नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई तत्काल दर्ता प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।

उनले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन मुख्य सचिवमार्फत सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

‘यात्री लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु। सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नेगरि तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु,’ प्रधानमन्त्रीले आधिकारिक ट्वीटरमार्फत जानकारी गराएका छन् ।


Back_to_top