स्कुटर किन्न डाउन पेमेन्ट नचाहिने, नगद ८० हजार छुट

काठमाडौं । हर्विन मोटरसाइकले नयाँ वर्ष २०८० स्कीम ल्याएको छ । कम्पनीले नगद छुट तथा फाइनान्स स्कीममा इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटर किन्न सकिने स्कीम ल्याएको हो ।

पायोनिर वल्र्डवाइडले हर्विनका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा स्क्र्याच कुपनमार्फत ८० हजार रुपैयाँसम्म नगद छुट पाउने सकिने अफर ल्याएको हो ।

साथै, हर्विन स्कुटर तथा मोटरसाइकल शून्य प्रतिशत डाउन पेमेन्ट, १ वर्षको रोड ट्याक्स तथा २ वर्षको निःशुल्क तथा एक्सचेन्ज जस्ता सुविधा पाइने छ ।

पायोनिर वल्र्डवाइडले हर्विनका दुई मोडल स्कुटर तथा एक मोडल मोटरसाइकल विक्री गर्दै आएको छ ।


Back_to_top