काठमाडौं । नेपालमा सार्वाधिक बिक्री हुने मोटरबाइक ‘पल्सर’ले नेपालको सबैभन्दा चर्चित तथा प्रतिष्ठित फुटबल लिग ‘सहिद स्मारक ए’ डिभिजन लिगको टाइटल स्पोन्सर भएको छ ।
उक्त सम्झौंता पत्रमा आज मंगलवार एक कार्यक्रमका बीच अखिल नेपाल फुटवल संघ र पल्सरको नेपालको लागि बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीबीच हस्ताक्षर भएको छ ।
पल्सरको तर्फबाट एचएच बजाजका प्रवन्ध निर्देशक शेखर गोल्छा र एनफाबाट बजार व्यवस्थापनको जिम्मेवारी पाएको रामसार मिडियाका प्रबन्ध निर्देशक राज हुमागाईले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौंता अनुसार पल्सर आगामी तिन बर्षसम्मका लागि टाइटल स्पोन्सर रहने छ ।
हस्ताक्षरपछि एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘हामीले नेपालकै प्रतिष्ठित फुटबल लिग सहिद स्मारक ए डिभिजन लिगसँग सहकार्य गर्न पाएकोमा गौरवान्भित महशुस गरेका छौं, साथै देशकै प्रतिष्ठित लिगको मुख्य प्रायोजकको रुपमा साझेदार हुन पाएकोमा अत्यन्त खुसी छाैं ।’

