नेपाल आउने भयो पल्सर ‘पी-१५०’

काठमाडौं । बजाज मोटरसाइकलको पल्सर सिरिज ब्राण्ड चिनाउने एक मात्र मोडल मानिन्छ । कम्पनीले पछिल्लो पटक भारतमा विक्री सुरु भएको पल्सर ‘पी-१५०’को नयाँ मोडल नेपाल आउने भएको हो ।

भारतमा निकै राम्रो विक्री हुँदै आएको पल्सर पी-१५० उच्च माइलेज, लाइटवेट र आकर्षक डिजाइनको कारण सफल हुँदै गएको छ ।

भारतमा सफलता पाउन थालेसँगै नेपालमा समेत पल्सर पी १५० सार्वजनिक गर्ने तयारी सुरु भएको हो । नेपाली नयाँ वर्ष २०८० लाई लक्षित गरेर कम्पनीले पी-१५० सार्वजनिक गर्ने तयारी थालेको हो ।

बजाज मोटरसाइकलको नेपालको लागि आधिकारीक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीका अनुसार नयाँ वर्ष २०८० को सुरुवातसँगै नयाँ जेनेरेशन पल्सर पी-१५० सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

एन सिरिजका मोटरसाइकलमा एन १६० मा आधारित नयाँ पी-१५० को आकर्षक डिजाइन तथा नयाँ फिचरले नेपाली ग्राहकको मन जित्ने कम्पनीको भनाई छ ।

पल्सरको दुई दशक लामो लिगेसी बोकेको पल्सर पी-१५० को नयाँ जेनेरेशन मोडलमा कम्पनी ब्यापक परिर्वतन गरेको छ । पल्सर पी-१५० मा नयाँ इन्जिनको प्रयोग गरिएको छ । पुरानो इन्जिनको तुलनामा पी-१५० को इन्जिनले ज्यादा पावर जेनेरेट गर्छ ।

त्यस्तै, बजाज पल्सर १५० को तुलनामा पी-१५० को तौल ८ केजीले कम रहेको छ । यसको कारण पी-१५० को माइलेजसमेत पल्सर १५० को तुलनामा धेरै हुने कम्पनीको दावी छ ।

यो मोटरसाइकल पल्सर १५० र एन १६० को बीचका ग्राहकलाई लक्षित गरेर ल्याउने अनुमान गर्न सकिन्छ ।

पल्सर पी-१५० मा १४९ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ भने यसले १४.५ पीएस पावर र १३.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स जडान गरिएको छ ।

कम्पनीले यसमा १४ लिटर क्षमताको इन्धन ट्याङ्क दिएको छ भने यसमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । कम्पनीले पल्सर १५० मा रहेको डबल सस्पेन्सनलाई मोनोशक सस्पेन्सनले रिप्लेस गरेको छ । यसको फ्रन्टमा ३१ एमएम टेलिस्कोपिक सस्पेन्सन दिएको छ ।

कम्पनीले पी-१५० मा ड्रम तथा डबल डिस्क ब्रेक तथा सिंगल सिट तथा स्प्लीट सिट दुवै अप्सन दिएको छ । कुन कुन अप्सन नेपालमा उपलब्ध हुन्छ भन्ने एकिन जानकारी प्राप्त भएको छैन ।

बजाज अटोले पल्सर पी-१५० मा धेरै जस्तो फिचर पल्सर एन १६० बाट लिएको छ । यसमा एन १६० कै सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिएको छ । उक्त क्लष्टरमा गियर इन्डिेकटर, रेन्ज इन्डिकेटर पाउन सकिन्छ ।

त्यस्तै, यसमा फुल एलइडी प्रोजेक्टर हेडलाइट, एलइडी डीआरएल, एलइडी टेलल्याम्प, यूएसबी चार्जिङ पोर्ट जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top