१५ लाखमा नेपाल आउने भनिएका साना इलेक्ट्रीक कारको नयाँ मूल्य कति (हिसाबसहित)

काठमाडौं । केही समयअघि हामीले मोटरसाइकलको खर्चभन्दा कम खर्चमा चलाउन सकिने दुई इलेक्ट्रीक कारको विषयमा जानकारी दिएका थियौं । ग्रेटवाल मोटर्सको ओरा आर-१ र बिवाइडीको इ-१ दुई इलेक्ट्रीक कार नेपाल आउन सक्ने अवस्थामा रहेका थिए ।

तर, अब यी कार नेपाली बजारमा आउदा कति मूल्य तिर्नु पर्ला भन्ने जिज्ञासा सबैको रहेको हामीले पायौं । यी दुई कार अहिलेको सरकारी भन्सार, अन्तःशुल्कको आधारमा नेपाल आउने सम्भावना टरेर गएको छ । यद्यपी यी दुई कार नेपाल आउने हो भने कति मूल्य तिर्नु पर्ला भन्ने विषयमा हामीले यहाँ उल्लेख गर्ने प्रयास गरेका छौं

यसअघिको अवस्थामा करिब १५ लाख रुपैयाँमा यी कारहरु नेपाली बजारमा बिक्री गर्न सकिने अवस्था थियो ।


यी दुबै कारमा ५० किलोवाटभन्दा कम क्षमताका इलेक्ट्रीक मोटर प्रयोग गरिएकाले यी दुबै कारमा ३० प्रतिशत अन्तःशुल्क लाग्ने छ भने सरकारी राजस्व बाहेक लाग्ने सबैखर्च २० प्रतिशतमा जोडिएको छ । त्यसैले यसअघि करिब १५ लाख रुपैयाँ मूल्य पर्ने अनुमान गरिएका यी दुबै गाडीको मूल्य बढेको राजस्व अनुसार २६ लाख रुपैयाँ हाराहारी पर्ने हामीले अनुमान गरेका छौं ।माथि टेवलमा देखाइएको गाडीको मूल्य अन्तर्राष्ट्रिय बजारमा बिक्री भइरहेको मूल्यमा आधारित रहेर तयार गरिएको हो ।

यस्तो छन् दुबै कारका विशेषता

यी दुबै मोडल २०१९ बाट उत्पादन सुरु भएका कार हुन् । विशेषत सानो आकार, उत्कृष्ट पर्फमेन्सको कारण यी दुई कार चर्चामा रहेका छन् ।

बिवाइडीका उत्पादन अहिलेपनि नेपाली बजारमा उपलब्ध रहेको छ । तर, यो मोडल भने अहिले नेपाल आएको छैन । ग्रेटबाल मोटर्सको ओरा आर१ पनि नेपाल ल्याउन केही कम्पनी लागि परेका थिए । तर, बढेको मूल्यसँगै यी गाडीको नेपाल यात्रा अनिश्चित भएको छ ।


Back_to_top