पानी परेको समयमा ईभी चार्ज गर्न मिल्छ कि मिल्दैन ? (भिडियोसहित)

काठमाडौं । वर्षा सुरु भएको छ । विशेषगरी असारदेखि भदौ अन्तिमसम्म ठूलो पानी पर्ने गर्छ । मध्य वर्षामा कयौं दिनसम्म पानी परिरहेको हुन्छ । यस्तोमा बाहिर राखेर ईभी चार्ज गर्नु पर्नेलाई पानीले समस्या ल्याउँछ वा ल्याउँदैन भन्ने कुराले सताउन सक्छ ।

अझ, लामो यात्रामा निस्कदा बाटोमा रहेका चार्जरहरुको प्रयोग गर्नु पर्ने हुन्छ । यस्तोमा वर्षा भइरहेको समयमा गाडी चार्ज गर्दा के हुन्छ भन्ने अन्योलमा तपाई हुनुहुन्छ भने ढुक्क हुनुहोस् । पानी परिरहेको समयमा पनि ईभी चार्ज गर्न सकिन्छ ।

चार्ज गर्दा विद्युतको प्रशारण हुने भएकोले पानीका कारण करेन्ट लिक भई दुर्घटना हुने होकी भन्ने शंका धेरैमा हुन सक्छ । तर, इलेक्ट्रीक भेहिकलको चार्जर पूर्णतया सेफ्टी स्ट्याण्डर्डमा रहेर निर्माण गरिएको हुन्छ ।

विद्युतीय साधन चार्ज गर्ने चार्जर धुलो, पानी र अन्य बाहिरी तत्वबाट पूर्णतया सुरक्षीत बनाइएको हुन्छ । त्यसैले यसलाई ‘वेदर प्रुफ’ पनि भनिन्छ । त्यस्तैले त ईभीमा रेहेको सेन्सरले चार्जिङ गन र ईभी बीचमा पूर्णतया ‘कनेक्सन’ स्थापित नभएसम्म करेन्ट पास गर्न नै दिदैन ।

यदि, चार्ज सुरु गर्दा कुनै सामान्य समस्या आउँदासमेत चार्जिङ प्राेसेस आफैँ सस्पेन्ड हुन्छ । त्यसकारण पानी पर्ने सिजनमा होस् वा पानी नै परिरहेको समयमा किन नहोस आफ्नो ईभीलाई ढुक्कसँग चार्ज गर्दा हुन्छ ।

तर, चार्ज गर्नु अगाडि चार्जिङ गन र आफ्नो ईभीमा रहेको चार्जिङ सकेट भने पूर्णतथा सुख्खा हुन जरुरी हुन्छ । यदि पानी वा चिसोपन भएमा गाडी चार्ज नहुने, स्लो चार्ज हुने वा चार्ज बिचैमा राेकिने समेत हुन सक्छ ।


Back_to_top