धनतेरसमा मोटरसाइकल वा कार किन्दा कुन राशी भएकालाई कस्तो कलर उत्तम

काठमाडौं । धेरै मानिसले तिहार अगाडि घरमा सवारी साधन किनेर लाने योजना बनाएका हुन्छन् । बिक्रेता कम्पनीहरुले पनि धनतेरसलाई केन्द्रमा राखेर आ-आफ्नो बिक्री योजना बनाउने गरेका छन् ।

यस वर्ष कोभिड १९ को संक्रमणको कारण बजारमा खासै धेरै मानिसको अवत जावत नभएपनि तिहार केन्द्रित सामान खरिदमा बजारमा निस्केको भेट्न सकिन्छ । यस्तोमा हामीले भोलि शुक्रबार परेको धनतेरसको दिन कार वा मोटरसाइकल किन्दा कुन राशी भएको मानिसले कस्तो कलर छनोट गर्ने भन्ने विषयमा जानकारी दिन गइरहेका छौं ।

पण्डित ज्योतिषी हरिहर आचार्यका अनुसार मेष र वृश्चिक राशी हुनेहरुले धनतेसरको दिन मोटरसाइकल वा कार किन्दा सुन्तला कलर उपयुक्त हुने बताएका छन् ।

उनका अनुसार वृष र तुला राशीका मानिसले ड्यूल कलर (रङ्गीचङ्गी) र सेतो कलर उपयुक्त हुन्छ । सिंह राशीका मानिसहरुले भने रातो कलर उत्तम हुने उनि बताउँछन् ।

कर्कट राशीका मानिसलाई सेतो कलर उत्तम हुन्छ भने कन्या र मिथुन राशीका मानिसलाई हरियो कलर सबैभन्दा उत्तम हुने उनको भनाई छ ।

विशेषत मकर र कुम्भ राशीका मानिले सवारी साधन छनोट गर्दा निलो वा कालो कलर छनोट गर्दा उत्तम मानिने आचार्यको भनाई छ ।

धनु र मिन राशी भएका मानिसले पहेँलो करलको गाडी छनोट गर्दा उत्तम हुने उनले जानकारी दिए ।


Back_to_top