ईभी किन्नेलाई ९.९५ प्रतिशत ब्याजदरमै कर्जा

काठमाडौं । चाडपर्व नजिक आएसँगै बैंक तथा वित्तिय संस्थाहरुले कम ब्याजदरमै ईभी किन्ने ग्राहकलाई कर्जा दिने स्कीम ल्याउन थालेका छन् । यसै क्रममा राष्ट्रिय बाणिज्य बैंकले ९.९५ प्रतिशत ब्याजदरमै ईभी कर्जा दिने स्कीम ल्याएको हो ।

निजी सवारीसाधनमा जाने कर्जालाई बैंक तथा वित्तिय संस्थाहरुले विगत देखिनै सबैभन्दा सुरक्षीत कर्जाको रुपमा लिँदै आएका थिए । त्यसमा पनि नेपाल राष्ट्र बैंकले ईभीमा जाने कर्जालाई प्राथमिकता प्राप्त क्षेत्रमा गणना गर्न दिएको कारण बैंकहरु आकर्षित भएका हुन् ।

‘यो वर्षको फेस्टिभ जोन, गाडी किन्न आरबीबीको लोन’ नाम दिएर बाणिज्य बैंकले ईभी कर्जा स्कीम ल्याएको छ । बैंकले ईभी कर्जामा प्रोसेसिङ फि भनेर ०.२५ प्रतिशत मात्रै लाग्ने पनि जानकारी दिएको छ ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक तुलनात्मक रुपमा कम आधार दर भएको बैंक हो । त्यसैले पनि बैंकले सबैभन्दा कम व्याजदरको ईभी कर्जा स्कीम ल्याएको हो । बैंकले आफ्नो सबै शाखाबाट कर्जा सुविधा उपलब्ध हुने जनाएको छ ।


Back_to_top