पहिलो पटक एमजीको ईभीमा ग्राहकलाई स्कीम, स्पेयर टायर पनि पाइने

काठमाडौं । नेपाल आएको झण्डै तीन वर्षपछि एमजीले जेडएस ईभीमा ग्राहकमैत्री स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटो शो र आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै जेडएस ईभीमा उत्कृष्ट अफर दिएको हो ।

‘एमजी ड्राइभ, फेस्टीभ भाइब’ नाम दिइएको स्कीममा ग्राकले २ लाखसम्मको प्रत्यक्ष लाभ लिन सक्ने कम्पनीले जनाएको छ । एमजी जेडएस ईभी किन्नेलाई पहिलो पटक इन्स्योरेन्स स्कीम दिइएको छ । यसअघि ग्राहकले आफैँ इन्स्योरेन्स गर्नु पर्नेमा यो स्कीममा गाडी किन्नेले एक वर्षको सम्पूर्ण बीमा प्राप्त गर्न सक्नेछन् ।

यसका अलवा जेडएसमा पहिलो पटक अतिरिक्त टायर कम्पनीले दिने भएको छ । यसअघि जेडएस ईभीमा स्पेयर टायर थियन । साथै, हरेक जेडएस ईभीको साथमा ७ किलोवाटको चार्जर पनि कम्पनीले दिने जनाएको छ ।

‘ग्राहकलाई चाडपर्वको स्कीम दिएर केही सहजता प्रदान गर्ने हाम्रो लक्ष्य हो । अहिलेको स्कीममा गाडी किन्ने ग्राहकले २ लाख रुपैयाँ बराबरको सहयोग पाउने छन्’, एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले भने ।

अहिले चलिरहेको नाडा अटो शोमा एमजीले जेडएस ईभीको अलावा कोमेट र एमजी-४ ईभी बिक्री गर्दै आएको छ ।

एमजी जेडएस ईभी अहिले सर्वाधिक बिक्री हुने मध्येको एक इलेक्ट्रीक एसयूभी हो । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध जेडएस ईभी ५१ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध छ । कम्पनीले यसमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ ।

पारामाउन्ट मोटर्सले यसको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।


Back_to_top