अटो शोमा पहिलेको भन्दा सस्तो मूल्यको नेक्सन म्याक्स

काठमाडौं । टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले कम मूल्यमा नेक्सन ईभी म्याक्स उपलब्ध गराउने भएको छ । कम्पनीले २ लाख ५० हजार कम मूल्यमा नेक्सन ईभी म्याक्स उपलब्ध गराउने भएको हो ।

कम्पनीले यसअघि नेक्सन म्याक्स एक्जेड प्लस लग्जरी भेरियन्ट बिक्री गर्दै आएकोमा कम मूल्यको एक्सजेड प्लसपनि नेपाल ल्याएको हो । कम्पनीले यसको मूल्य ४५ लाख ९९ हजार रुपैयाँमा तोकेको छ ।

यसअघि बिक्री हुँदै आएको नेक्सन म्याक्स एक्सजेड प्लस लग्जरीको मूल्य ४६ लाख ४९ हजार रुपैयाँ थियो । कर वृद्धिसँगै यसमा २ लाख ५० हजार मूल्य बढ्ने कम्पनीको भनाई थियो । तर, कम्पनीले मूल्य बढाउने भन्दा सनरुफ नभएको भेरियन्ट बजारमा ल्याएको हो ।

टाटा नेक्सन म्याक्समा ४० किलोवाट आवरको ब्याट्री र १०० किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ । नेक्सन म्याक्समा रहेको ब्याट्रीलाई एक पटक फुल चार्जगर्दा ४५३ किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ ।

आफ्नो उच्च ग्राउन्ड क्लियरेन्स, उत्कृष्ट बडी डिजाइन, सुरक्षामा अब्बल र ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर मध्ये एक वारेन्टी दिइएको कारण यो गाडी सफल मानिएको छ ।


Back_to_top