रोयल इनफिल्ड हन्टर ४५० परिक्षणमा

काठमडौं । रोयल इनफिल्डले तिब्र बजार विस्तार गर्ने रणनीति अनुसार नयाँ मोटरसाइकल ल्याउने क्रम जारी राखेको छ । कम्पनीले केही दिनअघि मात्रै ४५० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल परिक्षण गर्दै गरेको तस्विर बाहिर आएको थियो ।

भारतको चेन्नाईमा आधारित मोटरसाइकल निर्माता कम्पनी रोयल इनफिल्डले यहि जनवरी महिना सुपर मेटीअर ६५० सार्वजनिक गर्ने तयारी गरेको जनाइन्छ । साथै, नयाँ जेनेरेशन क्लासीक ३५० समेत जनवरीमा नै आउने आँकलन गरिएको छ ।

कम्पनीको लाइनअपमा धेरै नयाँ मोटरसाइकल रहेका छन् । कम्पनीले परिक्षण सुरु गरेको हन्टर ४५० सन् २०२४ लागेपछि बजारमा आउने छ । सन् २०२२ मा हन्टर ३५० सार्वजनिक भएको थियो ।

नयाँ हन्टर ४५० मा ४५० सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड एफआई इन्जिन हुने अनुमान रहेको छ । यसले ४० बीएच पावर तथा ४५ एनएम टर्क जेनेरेट गर्नेछ । परिक्षणमा देखिएको मोटरसाइकलमा ब्ल्याक अलाय ह्वीलका साथ १७ इन्च टायर रहेको छ । फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन देखिएको छ भने पछाडि मोनोशक सस्पेन्सन रहने छ ।

हन्टर ४५० को राइडिङ पोस्चर अप राइट रहेको छ । यसमा वाइड ह्न्यान्डलबार देख्न सकिन्छ । एलइडी हेडल्याम्प, एलइडी टर्न इन्डिकेटर, डबल च्यानल एबीएस, डिस्क ब्रेक जस्ता फिचर यसमा रहने छन् ।


Back_to_top