काठमाडौं । लामो लकडाउनपछि आंशिकरुपमा बजार खुल्न थालेको छ । यस्तोमा गाडी बिक्रेता कम्पनीहरुले विभिन्न अफर घोषणा सुरु गरेका छन् । हिजोजबाट लागु हुनेगरि डाट्सनको आधिकारीक वितरक पायोनियर मोटोकर्पले अहिले गाडी किन्नेलाई ६ महिनापछि मात्रै किस्ता तिर्नेगरि नयाँ योजना ल्याएको छ ।
डाट्सनको रेडी गो कम्पनीको सबैभन्दा सस्तो मूल्यको गाडी हो । यसको मूल्य १९ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री वितरण गरिरहेको छ । यसमा कम्पनीले ७५ हजार रुपैयाँ नगद छुट प्रदान गरेको छ । यस हिसावले यो गाडीको मूल्य १९ लाख २४ हजार रुपैयाँ हुन्छ ।
मासिक किस्ता
यो कारको मूल्य १९ लाख २४ हजार रुपैयाँ कायम भएपछि यसलाई किन्न चाहने व्यक्तिगत ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । त्यसको लागि ग्राहकले ९ लाख ६२ हजार रुपैयाँ जम्ममा गर्नु पर्ने हुन्छ । अनुमानित मासिक किस्ता हेर्न यहाँ क्लिक गर्नुस् ।
बाँकी ९ लाख ६२ हजार रुपैयाँ कर्जा लिएर ग्राहकले गाडी किन्न सक्ने छन् । उक्त रकमलाई १० प्रतिशत व्याजदरमा ७ वर्षसम्मको किस्ता निर्धारण गरेर गाडी किन्दा मासिक १५ हजार ९७० रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
कम्पनीले घोषणा गरेको आफैँ ६ महिनाको किस्ता तिरिदिने घोषणा बमोजिम ९५ हजार ८२० रुपैयाँ बिक्रेताले किस्ता वापतको रकम तिरिदिने छ ।
६ महिनापछि ग्राहकले आफैँ मासिक किस्ता नियमित रुपमा बैंकलाई बुझाउनु पर्ने हुन्छ ।
बीमा रकम छुट
कम्पनीले यसमा एक वर्षको बीमा शुल्क तिरिदिने घोषणा गरेको छ । उक्त घोषणा अनुसार १९ लाख २४ हजार रुपैयाँ गाडीको मूल्य निर्धारण हुने हुँदा करिब २६ हजार रुपैयाँ लाग्ने छ ।
डाउन पेमेन्टमा सहजता
व्यक्तिगत ग्राहकले गर्नु पर्ने डाउन पेमेन्टमा पनि केही सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले गाडी किन्ने मानिसले मूल्यको ५० प्रतिशत अनिवार्य डाउन पेमेन्ट गर्नु पर्छ । त्यसअनुसार डाउन पेमेन्ट गर्नु पर्ने ९ लाख ६२ हजार रुपैयाँ मध्ये गाडी किन्नेले सुरुवातमा ५ लाख ७७ हजार २०० रुपैयाँ डाउन पेमेन्ट गर्दा पुग्ने जनाएको छ ।
त्यसपछि बाँकी रकम ३ लाख ८४ हजार ८०० रुपैयाँलाई चार महिना भित्र तिरिसक्ने गरि कम्पनीले व्यवस्था मिलाएको जनाएको छ । यसमा कुनै व्याज नलाग्ने कम्पनीको भनाई छ । उक्त रकमको ४ महिनाको व्याज करिब १२ हजार ८०० रुपैयाँ हुन आउँछ ।
यसका अलावा कम्पनीले एक वर्षको सडक दस्तुर, केही एशोसरिज र ३ वर्षको निःशूल्क सर्भिसिङ अफर गरेको छ ।
पायोनियर मोटोकर्पको भनाई अनुसार कम्पनीले एउटा रेडी गोमा करिब ३ लाख रुपैयाँ छुटको अफर दिएको छ ।

