जिक्सर १५० एफआई किन्दा यस्तो छ छुट (मासिक किस्तासहित)

काठमाडौं । सजुकीको चर्चित मोटरसाइकल जिक्सर १५० एफआई इन्जिनसहितको मोटरसाइकल किन्ने चाहना भएका ग्राहकले नगद १५ हजार रुपैयाँ छुट पाउने भएका छन् ।

सुजुकी मोटरसाइकलको बिक्रेता कम्पनी भिजी सुजुकीले केही दिनअघि सर्वाधिक धेरै नगद छुटको अफर ल्याएको थियो । सुजुकीले हरेक मोटरसाइकलको खरिदमा १५ हजार रुपैयाँ छुटको अफर ल्याएको हो ।

‘उतार चडाव आइरहन्छ, सुजुकीको साथ रहिरहन्छ’ नाराका साथ नयाँ योजना सार्वजनिक गरेको छ । कोरोनाको कारण जारी लकडाउनको मोडालिटी परिर्वतन भएसँगै कम्पनीले नयाँ योजना सार्वजनिक गरेको हो ।

यो योजनामा सुजकीको न्यू जिक्सर १५० खरिद गर्दा ग्राहकले ४० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्छ भने, दुई वर्ष अवधिमा बाँकी रकम तिर्नु पर्ने हुन्छ । यसको अहिले बजार मूल्य ३ लाख २१ हजार ९०० रुपैयाँ रहेको छ । यस योजनामा मोटरसाइकल किन्न चाहने ग्राहकले १५ हजार नगद छुट पाउने छन् ।

नगद, फाइनान्स तथा एक्स्चेन्ज जुनै तरिकाबाट नयाँ जिक्सर किन्ने ग्राहकले १५ हजार छुट पाउने कम्पनीले जनाएको छ । यसलाई किस्तामा किन्न चाहनेले सुरुमा डाउन पेमेन्ट वापत १ लाख २२ हजार ७६० रुपैया बुझाउन पर्ने हुन्छ । यसका अलावा एक बर्षको इन्स्योरेन्स रकम समेत बुझाउनु पर्नेछ । त्यसपछि बाँकी रकमलाई २४ किस्ता बनाएर तिर्नु पर्ने हुन्छ ।

न्यु जिक्सर १५० को मासिक किस्ता हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

यस्तो छ अल न्यू जिक्सर १५०

गत वर्षको नाडा अटो शोमा नेपाल भित्रिएको न्यू सुजुकी जिक्सर १५०मा १५४ सीसी सिगंल सिलिन्डर, एयर कुल्ड, एफआई इन्जिन रहेको छ ।

यो इन्जिनले ८००० आरपीएममा १३.९ बीएचपावर तथा ६००० आरपीएममा १४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ ।

यसमा अल न्यू एलइडी हेडल्याम्प, एबीएस, डिजिटल इन्स्ट्रुमेन्ट कल्स्टर, जस्ता फिचर रहेको छ ।


Back_to_top