रेनो काइगरको फेसलिफ्ट तयार हुँदै

काठमाडौं । भारतको अफोडेबल इन्ट्री लेबल कम्प्याक्ट एसयूभी रेनो काइगरको फेसलिफ्ट मोडल आउने भएको छ ।

कम्पनीले हालै रेनो काइगरमा रिमोट सेन्टर लक, फोर पावर विण्डोसहित १७ वटा सेफ्टी फिचर थपेको थियो । अब फेरि रेनो काइगरको फेसलिफ्ट मोडल बजारमा ल्याउने भएको हो ।

कम्पनीले हाल रोड टेस्ट गरिरहेको रेनो काइगर फेसलिफ्ट मोडलको तस्बिर बाहिरिएको छ । रेनो काइगरको फेसलिफ्टको डिजाइनमा केही परिवर्तन भएको देखिन्छ । लिक भएका तस्बिर अनुसार यसको अगाडिको फेसियामा केही परिवर्तन भएको छ । यसको साइडमा नयाँ डिजाइनको १६ इन्चको डायमण्ड कट अलोय ह्वील रहेको छ ।

सन् २०२५ काइगरमा पनि हालै अपडेट भएको ८ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्चको इन्टुमेन्टल क्लस्टर वायरलेस चार्जर र वायरलेस एन्डरोइड अटो र एप्पल कारप्ले जस्ता फिचर कन्टिन्यु हुनेछ । यसमा सबैभन्दा ठूलो परिवर्तन भनेको नयाँ रेनोको लोगो हुनेछ । नयाँ रेनोको लोगोमा सार्पर लाइन तथा इन्टरटुइण्ड फरम्याटमा ड्युउल डायमण्ड डिजाइनको सार्प लाइन र फिचर रहनेछ ।

नयाँ लोगो फ्रन्ट ग्रिल, बुट, स्टेरियङ ह्वील तथा अलोय ह्वीलमा देख्न सकिनेछ । कम्पनीको नयाँ लोगो रेनो काइगरको स्पोर्टी प्रोफाइलसँग कम्प्लीटली म्याच हुनेछ । रेनोको फेसलिफ्ट मोडल स्टिकरले ढाकिएको अवस्थामा देखिएकोले यसमा भएका अन्य परिवर्तन भने देख्न सकिएको छैन ।

रेनोको फेसलिफ्ट काइगरमा ७२ पीएस पावर भएको १.० लिटरको नेचुरल्ली एस्पिरेटेड तथा १०० पीएस पावर भएको १.० लिटरको टर्बो चार्ज पेट्रोल इन्जिन अप्सन रहनेछ । यसमा ५ स्पीडको म्यानुअल, ५ स्पीडकै एएमटी तथा एक्सट्रोनिक सीभीटी ट्रान्समिसनको अप्सन रहनेछ ।

अहिले सडक परीक्षण भइरहेको रेनो फेसलिफ्ट भारतीय बजारमा अगामी फेस्टिबल सिजनमा लन्च हुनेछ ।


Back_to_top