रेनाे निसानले २०२६ सम्म ४ नयाँ एसयूभी ल्याउने

काठमाडौं । रेनो निसानले २०२६ सम्ममा ४ वटा नयाँ एसयूभी लन्च गर्ने भएको छ । कम्पनीले डस्टरको पाँच र सात सिट अप्सनसहित अन्य साइजका एसयूभीहरू समेत सार्वजनिक गर्ने बताएको हो ।

यसका लागि रेनो निसान अटोमोटिभ इन्डिया प्रालिले ६०० मिलियन डलर लगानी गर्ने भएको छ । कम्पनीले यो रकम आफ्नो पोर्टफोलियो बलियो बनाउन र नयाँ गाडी सार्वजनिक गर्न प्रयोग गर्ने बताएको हो ।

रेनो निसानले भारतमा ए सेग्मेन्ट ब्याट्री ईभीसँगै बी प्लस र सी सेग्मेन्ट एसयूभी गाडीहरू सार्वजनिक गर्नेछ । कम्पनीले सार्वजनिक गर्ने यी गाडीहरू भारतको तामिलनाडुस्थित ओरागधाम प्लान्टमा उत्पादन हुने बताइएको छ ।

हाल भने कम्पनीले आफ्नो योजना अनुरुप भारतीय बजारका लागि बी प्लस र सी सेग्मेन्ट एसयूभीको उत्पादनमा सुरू गरेको छ । यसमा रेनोका गाडीको कोडनेम पी–१३११–आर र पी–१३१२–आर रहेको छ भने निसानका गाडीको पी १३११–एन र पी–१३१२–एन रहेका छन् ।

कम्पनीले यी चार एसयूभीहरूको सामूहिक उत्पादन लक्ष्य वार्षिक १ लाख ५० हजार युनिट राखेको छ । यी दुई ब्रान्ड स्वदेशी र निर्यात बजारमा विक्री वितरणका लागि उपलब्ध हुनेछन् ।

दुवै ब्रान्डले संयुक्त रूपमा सन् २०२६ सम्ममा वार्षिक ३.५ लाख यूनिट सवारी उत्पादन र विक्री गर्ने लक्ष्य रहेको बताएका छन् । कम्पनीले उत्पादन गर्ने एसयूभी सीएमएफ बी प्लेटफर्ममा आधारीत हुनेछ। यसमध्ये पहिलो मोडल भने सन् २०२५ सम्ममा सार्वजनिक हुने अनुमान गरिएको छ ।

यसमा पनि न्यू जेनेरेसन डस्टर पाँच र सात सिट क्षमतामा आउने बताइएको हो । यसले सार्वजनिक पछि हुन्डाइको क्रेटा, किया सेल्टोस र मारुती ग्रान्ड भिटारासँग प्रतिस्पर्धा गर्नेछ ।

रेनो निसान एसयूभीको लंगर भर्सन भने २०२६को मध्यतिर सार्वजनिक हुने बताइएको छ ।


Back_to_top