पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडकमा यात्रा नगर्न आग्रह

काठमाडौं । पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडकमा अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, चितवनले एक सूचना जारी गर्दै वर्षा नरोकिएकाले पहिरोको जोखिम बढेको भन्दै यस्तो आग्रह गरेको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा नारायणगढ-मुग्लिन सडकको तुइनखोला र पृथ्वी राजमार्गको मुग्लिनदेखि मलेखुसम्म हिजो साँझदेखि नै स-साना पहिरो खसिरहेकाले अत्यावश्यक नभई यात्रा नगर्न आग्रह गरिएको छ ।

साना पहिरो सफा गर्दै बाटो खुलाउने गरे पनि बर्खा नरोकिएको हुँदा पहिरोको जोखिम पनि बढेको उल्लेख गरिएको छ ।


Back_to_top