बुद्ध एयरले कलकत्ता साताको चार उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले अब काठमाडौंबाट भारतको कलकत्ता साताको चार उडान गर्ने भएको छ ।

हाल यस रुटमा साताको तीन उडान गर्दै आएको बुद्धले नाभेम्बर १५ (कात्तिक २९ गते)देखि चार उडान गर्ने भएको हो ।

बुद्धका अनुसार अब हरे साताको आइतबार, मंगलबार, बिहीबार र शनिबार काठमाडौं-कलकत्ता उडान हुनेछ । हाल आइतबार, मंगलबार र बिहीबार उडान गर्दै आएको छ ।

बुद्धले ६ वर्षपछि गत कात्तिक २ गतेदेखि कलकत्तामा नियमित उडान सुरू गरेको थियो ।

बुद्धले एटीआर ७२ जहाजमार्फत कलकत्ता उडान गर्दै आएको छ । यस रूटको उडान अवधि करिब १ घण्टा ३० मिनेट रहेको बुद्धले जनाएको छ ।


Back_to_top