काठमाडौं । प्रोटोन इमास फाइभ नामबाट नयाँ इलेक्ट्रीक ह्याचव्याक कार मलेशियामा बिक्री सुरु भएको छ । प्रोटोनले इमास सेभेनपछि दोस्रो मोडलको रुपमा इमास फाइभको बिक्री सुरु गरेको हो । यसको सुरुवाती भेरियन्टको मूल्य नेपाली १६ लाख रुपैयाँ तोकिएको छ ।
चीनमा जिलीको जिङयुवान नामबाट बिक्री हुँदै आएको ह्याचव्याक कारलाई प्रोटोनको ब्याचमा इमास सेभेन नाम दिएर ल्याएको हो । गाडीको साइज, फिचर लगायतका कुरा सबै चीनकै स्पेशक जस्तैछ ।
जिलीले उत्पादन गरेको ग्यालेक्सी इएक्स फाइभ पनि नेपाली बजारमा प्रोटोनले इमास सेभेन बनाएर ल्याएको हो । इमास सेभेन र ग्यालेक्सी इएक्स फाइभ दुबै नेपाली बजारमा बिक्रीको लागि उपलब्ध छ । दुबैको आधिकारीक बिक्रेता भने फरक हुन् ।
प्रोटोन इमास फाइभ ह्याचव्याक कारमा दुई ब्याट्री अप्सन पाउन सकिन्छ । सानो २२५ किलोमिटर रेन्ज दिने भेरियन्टमा ३०.१२ किलोवाट आवर र ठूलो ३२५ किलोमिटर रेन्ज दिने मोडलमा ४०.१६ किलोवाट आवरको एलएफपी ब्याट्री छ । दुबै ब्याट्रीको रेन्ज डब्लूएलटीपी टेस्ट रिपोर्ट अनुसार हो ।
निकै फराकिलो स्पेश उपलब्ध इमास फाइभमा ७५ लिटर क्षमताको बुट स्पेस र ७० लिटरको फ्रन्क दिइएको छ । यसको ढोका ६५ डिग्री एङ्गलमा खुल्छ ।
सुरक्षा फिचरको रुपमा ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, न्टेलिजेन्ट ड्राइभर एसिस्ट (एडास), भेहिकल टु लोड, १४.६ इन्चको एफएचडी डिस्प्ले, पावर्ड टेलगेट, पछाडि मल्टी लिंक सस्पेन्स र १६ इन्चको अलोय ह्वील पाउन सकिन्छ । प्रोटोनको ह्याचव्याक कार रियर ह्वील ड्राइभ सिस्टमको साथ बजारमा आउने छ ।

इमास फाइभ ह्याचव्याकमा ११ इन १ इलेक्ट्रीक मोटर प्रयोग भएको छ । दुई साइज ५८ र ८५ किलोवाटको मोटरमा मलेशियामा उपलब्ध छ । जसले सून्यदेखि ५० किलोमिटरको टप स्पीड ३.९ सेकेन्डमा भेट्टाउने छ । डिसी चार्जरको सहायताले २१ मिनेटमा ३० बाट ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको दावी छ ।
ह्याचव्याक कारको टर्निङ रेडियस ४.९५ मिटर मात्रै छ । जसको कारण सहरी क्षेत्रमा चलाउन सहज हुनेछ । रियर ह्वील ड्राइभमा भएको कारण यसको तान्ने क्षमता राम्रो छ ।
नेपालमा प्रोटोनका कार जगदम्बा मोटर्सले बिक्री गर्दै आएको छ । मलेसियामा बिक्री सुरु भएको इमास फाइभ आगामी फागुन महिनासम्ममा नेपालमा पनि बिक्री सुरु हुने कम्पनी स्रोतले मेरोअटोलाई जानकारी दिएको छ । यसको मूल्य नेपालमा कति पर्छ अहिल्यै एकिन साथ भन्न सक्ने अवस्था छैन ।

