काठमाडौं । क्रोयशियाको कम्पनी रिम्याक टेक्नोलोजीले जर्मनीको म्युनिखमा चलिरहेको आईएए मोविलिटी शोमा नयाँ जेनेरेशन ‘हाइ डेन्सीटी सोलिड स्टेट ब्याट्री’ सार्वजनिक गरेको हो ।
रिम्याकले बनाएको उक्त सोलिड स्टेट ब्याट्री कफी अर्डर गरेर गर्ने वा पेट्रोल पम्पमा इन्धन भर्न लाग्नेभन्दा कम समयमा नै रिचार्ज हुने कम्पनीको दावी छ । रिम्याकले यसलाई प्रालोजियम र मित्सुविसी केमिकल ग्रुपसँग सहकार्य गरेर विकास गरेको हो । कम्पनीले यसलाई ‘स्टेट अफ दी आर्ट लिक्विड लेस हाइभोल्टेज ब्याट्री प्याक’ भनेको छ ।
युरोपमा बनाइएको सोलिड स्टेट ब्याट्री कति छिटो चार्ज गर्न सकिन्छ भन्ने कुरा कम्पनीले देखाएको छ । कम्पनीका अनुसार १०० किलोवाट आवर क्षमताको ब्याट्री १० बाट ८० प्रतिशत चार्ज गर्न केबल ६ मिनेट ३० सेकेन्ड लाग्नेछ । उक्त स्पीडमा चार्ज गर्न चार्जर भने ३५० किलोवाटको हुनु पर्छ । आजको दिनमा नेपालमा पनि थुप्रै ३५० किलोवाटका चार्जर जडान भइसकेका छन् ।
रिम्याकले सन् २०२७ को चौथो क्वाटरबाट विद्युतिय गाडीमा यो ब्याट्री प्रयोग गर्ने जनाएको छ । रिम्याक टेक्नोलोजी ब्याट्रीमा नयाँ कम्पनी होइन । यसले अहिले पनि बीएमडब्लु ग्रुपको पोर्सालगायतका ब्राण्डलाई ब्याट्री बिक्री गर्दै आएको छ ।
कम्पनीका अनुसार नयाँ ब्याट्री माइनस २० डिग्रीको तापक्रममा पनि ९५ प्रतिशत इनर्जी रहिरहनेछ । साथै, ब्याट्रीको सेलमा आगलागि वा विस्फोटन कुनै रिस्क पनि हुँदैन ।
रिम्याकको सोलिड स्टेट ब्याट्री प्याक सेल टु प्याक विधिबाट पाउच सेल एसेम्बल गरिएको हुन्छ । यी सेलको केमेस्ट्रीमा ९० प्रतिशत निकेल, ५ प्रतिशत म्याग्ङनीज र ५ प्रतिशत कोबाल्ट क्याथोलको रुपमा प्रयोग भएको छ । एनोडको लागि १०० प्रतिशल सिलिकल प्रयोग भएको छ । कम्पनीले यसको प्याक थर्मोप्लास्टीक कम्पोजीटले बनेको र अप्रेत्क्ष रुपमा रेफ्रिजेरेन्टले कुलिङ गर्नेछ ।

