काठमाडौं । आधुनिक कार उत्पादनको दुनियाँमा कुनै एउटा कार उत्पादन गर्न ४० हजार घन्टा लाग्छ भन्दा अनौठो सुनिन्छ । हुनपनि त्यो भनेको साँढे चार वर्ष हो ।
यतिधेरै समय लगाएर बनाइएको कार कुन होला ? भन्ने प्रश्न गर्नासाथ धेरैले रोल्स रोयसको नाम धेरैको मनमा आउँछ नै । रोल्स रोयसले आफ्ना अधिकांश कार ह्याण्डमेड बनाउँदै आएको छ ।
रोल्स रोयसको फ्यान्टम मोडलले विश्व बजारमा उत्पादनको १०० वर्ष पुरा गरेको अवसरमा फ्यान्टम सेन्चुरी कलेक्सन मोडल ल्याउने भएको छ । केबल २५ युनिट फ्यान्टम सेन्चुरी कलेक्सनको उत्पादन हुने कम्पनीले जनाएको छ । हो, त्यहि मोडल उत्पादन गर्न ४० हजार घन्टा लगाइएको हो ।
एड्भान्स फिचरले भरिपूर्ण हुने फ्यान्टम सेन्चुरी कलेक्सनको मूल्य पनि बेलायतमै ३० लाख अमेरिकी डलर पर्ने बताइएको छ । कम्पनीले उक्त २५ युनिट कार कुन कुन देशमा कसरी बिक्री गर्ने भन्ने बारे केही जानकारी दिएको छैन ।
यति धेरै चर्चा भएको फ्यान्टम सेन्चुरी कलेक्सनको बारेमा केही जानकारी बाहिर आएको छ । बाहिर आएको जानकारी अनुसार कारमा निम्न फिचर रहने छन् ।
कालो र सेतो कलरमा ‘क्लासिक लुक’
रोल्स रोयसको फ्यान्टम सेन्चुरी कलेक्सनको बाहिरी लुक ‘क्लासिक हलिउड फिल्म’बाट प्रेरित रहनेछ । कम्पनीले पहिलो पटक कालो र सेतो मिलाएर ड्यूलटोन फिनिसिङमा यसलाई ल्याउन लागेको हो । यसको कलर कम्बिनेसन निकै दमदार देखिन्छ ।
कालो र सोतो कलरको बीचमा दिएको गोल्डेन कलर एक्सेन्टले गाडीलाई निकै पृथक र प्रिमियम देखाएको छ । कारको एक्सटेरियर डिजाइनले आधुनिक अंदाजमा पुरानो शाही झलक दर्शाउँछ ।
गोल्ड प्लेटेड ग्रिल
रोल्स रोयस नामलाई थप बलियो बनाउन फ्यान्टम सेन्चुरी कलेक्सनको फ्रन्ट ग्रिलमा १८ क्यारेटको सुन प्रयोग गरेको छ । माथिल्लो भागमा २४ क्यारेट गोल्ड प्लेट गरेको छ ।
यसको ग्रिलमा फ्यान्टम सेन्टेनरीको स्पेशल हलमार्क दिएको छ । जसलाई लन्डनको हलमार्क एण्ड एसेस अफिसले सर्टिफाइ समेत गरिसकेको छ । उक्त कारको हुटमा रोल्स रोयसको आकोनिक स्प्रीट अफ एक्सटेसी २४ क्यारेटको गोल्डबाट बनेको छ ।

इन्टेरियर र फिनिसिङ
फ्यान्टम सेन्चुरी कलेक्सन कारको इन्टेरियर पनि एक्सटेरियर जस्तै सानदार छ । यसको रियर सिट एकब फेशन स्टुडियोसँगको सहकार्यमा डिजाइन गरिएको हो । यसको सिटमा हाई रेजुलेसनको फेब्रिक प्रिन्टको साथमा स्पेशल लाइनको डिटेलिङ गरेर बनाइएको छ ।
कम्पनीले कारमा १ लाख ६० हजार स्टीच भएको गोल्डको इम्ब्रोडरी समेत गरको जनाएको छ । यसको इन्टेरियर तयार गर्न करिब एक वर्ष लागेको बताइएको छ । कारको प्रत्येक सिटमा प्रयोग भएको सामाग्री ४५ वटा प्यानलबाट ह्याण्ड क्राफ्टेड गरिएको हो ।
भी-१२ इन्जिन
रोल्स रोयसले फ्यान्टम सेन्चुरी कलेक्सनमा ६.७५ लिटर क्षमताको टुइन टर्बो भी-१२ इन्जिन दिएको छ । निकै पावरफुल इन्जिनमा आएको कारको इन्जिन कभरसमेत आर्टिक ह्वाइट कलरमा तयार पारिएको छ । यसमा समेत लग्जरी फिल दिन २४ क्यारेट गोल्ड एसेन्ट दिएको छ ।

