काठमाडौं । रोयल इनफिल्ड नेपालले एकैदिन ५०२ युनिट मोटरसाइकल डेलिभरी गरेको छ ।
नेपालका लागि रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ्सले विश्वकर्मा पूजाको अवसरमा देशभर ५०२ युनिट मोटरसाइकल ग्राहकलाई हस्तान्तरण गरेको हो ।
देशभरका विभिन्न शोरुमहरू मार्फत एकैदिन ५०२ वटा मोटरसाइकलहरू ग्राहकहरूलाई डेलिभरी गरिएको कम्पनीले जनाएको छ ।
नेपालमा रोयल इनफिल्डको इतिहासमा यो एकैदिनमा डेलिभरी गरिएको अहिलेसम्मकै सबैभन्दा युनिट हो । यसले कम्पनीप्रति ग्राहकको अटुट विश्वास र भरोसा देखाएको छ ।
कम्पनीले ग्राहकलाई आफ्ना लोकप्रिय मोडलहरु क्लासिक ३५०, हन्टर ३५०, मेटियर ३५०, स्क्रयाम ४४०, हिमालयन ४५० लगायत मोडल डेलिभरी गरेको हो ।
रोयल इन्फिल्ड परिवारको हिस्सा बन्न रोज्ने प्रत्येक राइडरका कारण नै यो माइलस्टोन सम्भव भएको कम्पनीको भनाइ छ ।
कम्पनीले हाल नेपालमै नेपालमै एसेम्बल प्लाण्ट स्थापन गरी मोटरसाइकल निर्माण गर्दै आएको छ ।

