टीभीएसले ल्यायो एकैपटक ६ नयाँ मोटरसाइकल

काठमाडौं । टीभीएस मोटरले एकैपटक ६ वटा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले भारतमा आफ्नो लोकप्रिय अपाचे मोटरसाइकल रेन्ज अन्तर्गत अपाचे आरटीआर १६०, आरटीआर १६० फारेभी र आरटीआर २०० फोरभीको नयाँ टप भेरियन्ट सार्वजनिक गरेको हो ।

त्यस्तै, कम्पनीले रोनीन रेन्जमा समेत विभिन्न फिचर अपडेट गरेको हो भने आरटीआर ३१० र आरआर ३१० को नयाँ ब्ल्याक डाइमण्ड एडिसन लन्च गरेको हो । कम्पनीले लन्च गरेका अधिकाम्स नयाँ मोटरसाइकलको डेलिभरी यसै फेस्टिभ सिजनदेखि सुरू हुने बताइएको छ ।

कम्पनीले भारतीय बजारमा आरटीआर १६० टप भेरियन्टको मूल्य १ लाख २८ हजार भारु, आरटीआर १६० फारेभीको १ लाख ४१ हजार भारु र आरटीआर २०० फोरभीको १ लाख ५० हजार भारु तोकेको छ ।

साथै, आरटीआर ३१० र आरआर ३१० को नयाँ ब्ल्याक डाइमन्ड एडिसनको मूल्य २ लाख ४९ हजार भारु र २ लाख ८८ हजार भारु तोकिएको छ ।

कम्पनीले रोनिनमा पनि फिचरहरू थपेर ल्याएको हो । जसमा रोनिन बेस प्लस, मिड स्पेक र टप स्पेक भेरियन्ट समावेश छन् । यी भेरियन्टको मूल्य क्रमशः १ लाख ४२ हजार भारु, १ लाख ५१ हजार भारु र १ लाख ६३ हजार भारु निर्धारण गरिएको छ ।

नयाँ भेरियन्ट आरटीआर १६० मा ट्रयाक्सन कन्ट्रोल, डुअल च्यानल एबीएस, हाजार्ड लाइट, एलईडी इन्डिकेटर र एलईडी सिग्नल ल्याम्प फिचर थपिएको छ ।

अपाचे आरटीआर १६० फोरभीमा दैनिक प्रयोगलाई सहज बनाउने विभिन्न स्मार्ट फिचर थपिएका छन् । जसमा नयाँ टिएफटी डिस्प्ले, गुगल म्याप्स मिररिङ, प्यानिक ब्रेक अलर्ट र टाइप-सी चार्जिङ पोर्ट जस्ता फिचरहरू हुन् ।

टीभीएसले आरटीआर २०० लाई यस सेग्मेन्टकै सबैभन्दा प्रविधिमैत्री २०० सीसी मोटरसाइकल भएको दाबी गरेको छ । यसमा गुगल म्याप्स मिररिङ वाला टीएफटी डिस्प्ले, प्यानिक ब्रेक अलर्ट, टाइप-सी चार्जिङ पोर्ट र एड्जस्टेबल फ्रन्ट यूएसडी फोर्कजस्ता फिचर थपिएका छन् ।

टीभीएसको सबैभन्दा ठूलो क्षमताको आरटीआर ३१० र आरआर ३१० को नयाँ ब्ल्याक एडिसन मोडलमा भने पुरा नयाँ ब्ल्याक लुक दिइएको छ । जसका कारण फ्ल्यागसिप अपाचे मोडलहरूमा यसअघि उपलब्ध रङको तुलनामा अझै डार्क लुक देखिन्छ ।

यद्यपि, ब्ल्याक डायमण्ड एडिसनमा कुनै पनि ठूलो मेकानिकल परिवर्तनको घोषणा गरिएको छैन । दुवै मोटरसाइकल आफ्ना टपस्पेक कन्फिगरेसनमा उपलब्ध उपकरण तथा फिचरसहित आउनेछन् । आरआर ३१० मा कीलेस-गो प्रविधि उपलब्ध गराइएको छ । जुन आरटीआर ३१० मा पहिलैदेखि उपलब्ध छ ।

टीभीएसले रोनीन मोटरसाइकलको वेस प्लस, मिड र टप भेरियन्टमा नयाँ र उपयोगी फिचर थप गरेको छ । वेस प्लसमा डबल च्यानल एबीएस, मिडमा टाइप-सी चार्जिङ पोर्ट, अतिरिक्त सविधासहितको कनेक्टेड इन्स्ट्रुमेन्ट क्लस्टर, डबल च्यानल एबीएस, गोल्ड फिनिस युएसडी फोर्क तथा टपमा ट्रयाक्सन कन्ट्रोल, नयाँ प्रिमियम सिट, टाइप-सी चार्जिङ पोट र एड्जस्टेबल लिभर थपिएको छ ।

कम्पनीले यी सबै मोटरसाइकलमा नयाँ कलर अप्सन थपेको छ भने अन्य कुनै मेकानिकल परिवर्तन गरेको छैन् ।


Back_to_top