काठमाडौं । नोभेम्बर ४ देखि सुरू भएको इटालियन अटो शो इक्मामा रोयल इनफिल्डले आफ्नो साहायक ब्राण्ड घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रीकको लागि फ्लाइङ फ्लीया ब्रान्ड अन्तर्गत एस सिक्स मोडल प्रर्दशन गरेको हो ।
यसअघि कम्पनीले सी सिक्स मोडल प्रदर्शन गरेको थियो । कम्पनीले फ्लाइङ फ्लीयाको सार्वजनिक मिति समेत घोषणा गरेको छ । सन् २०२६ को अन्तिममा यसलाई बजारमा उतार्ने कम्पनीले जानकारी दिएको हो ।
सम्भवतः रोयल इनफिल्डले सन् २०२६ नोभेम्बरमा हुने मोटोभर्समा एस सिक्स मोटरसाइकल सार्वजनिक गर्नेछ । कम्पनीले फ्लाइङ फ्लीया एस सिक्सलाई अफरोड ओरियन्टेड स्क्रयाम्बलर डिजाइनमा तयार पारेको हो ।
यो मोटरसाइकको फ्रन्टमा इनभर्टेट सस्पेन्सन दिइएको छ । सी ६ मा भने रेट्रो लुकिङ ग्रिडर फर्क सेटअप दिइएको थियो । फ्लाइङ फ्लीया एस सिक्समा अगाडि १९ इन्च र पछाडि १८ इन्चको स्पोक ह्वील र डबल पर्पस टायर प्रयोग गरिएको छ ।

रोयल इनफिल्डले फ्लाइङ फ्लीया एस सिक्सलाई ‘चेन ड्राइभ’मा ल्याउने छ । निकै ठूलो ‘चेन ड्राइभ ट्रान्समिसन’ प्रयोग गरेको देख्दा यसले जेनेरेट गर्ने टर्क पनि निकै धेरै हुने अनुमान गर्न सकिन्छ ।
यसमा डेडिकेटड स्न्यापड्रयागन क्वालकम प्रोसेसर सहितको टीएफटी कन्सोल र आफ्नो अपरेटिङ सिस्टम दिइएको छ । ४ जी सपोर्ट, ब्लूटूथ तथा वाईफाई, नेभिगेशन, भोइस असिस्ट जस्ता फिचर उपलब्ध हुनेछन् । यसमा ट्रयाक्सन कन्ट्रोल, कर्नरिङ एबीएस, स्बीचेवल डबल च्यानल एबीएस, राइड मोड पनि छनोटमा उपलब्ध हुनेछ ।
कम्पनीले यसको टेक्नीकल डिटेल्स भने सार्वजनिक गरेको छैन ।

