काठमाडौं । सार्वजनिक हुने मिति नजिकिएसँगै हिमालयनसँग जोडिएका नयाँ तथ्यहरु बाहिर आइरहेका छन् । बाहिर आएको तथ्य अनुसार रोयल इनफिल्ड हिमालयनको मूख्य आकर्षण भने इन्जिनमा रहेको छ ।
नयाँ प्लेटर्फमको इन्जिन प्रयोग भएर आउन लागेको रोयल इनफिल्ड हिमालयनमा पहिलो लिक्वीड कुल्ड इन्जिन छ । यसलाई शेर्पा प्लेटर्फम नाम दिएको हो ।
नयाँ हिमालयनमा ४५२ सीसी सिंगल सिलिन्डर फोर भल्भ, डिओएचसी सेटअपमा तयार पारिएको छ । उक्त इन्जिनले ८ हजार आरपीएममा अधिकतम ४० पीएस पावर र ५५०० आरपीएममा ४० एनएम टर्क जेनेरेट गर्छ ।
नयाँ लिक्विड कुल्ड इन्जिनमा सेमी ‘ड्राइ १० डब्लू ४०’ सेमी सिन्थेटिक इन्जिन आयल प्रयोग गर्ने जनाएको छ ।

कम्पनीले हिलायनको अघिल्लो भसर्न ४११ बाट कुनैपनि कम्पोनेन्ट नलिएको र हिमालयन ४५२ पूर्णरुपमा नयाँ प्लेटफर्ममा तयार भएको जनकारी दिएको हो ।
त्यसैगरी कम्पनीले हिमालयन ४५२ मा ४३ एमएम यूएसडी फर्क तथा रियरमा मोनोशक सस्पेन्सन दिएको छ ।
यसमा कम्पनीले स्लीपर असिस्ट क्लच, राइड वाइ वायर तथा ६ स्पीडको गियर बक्स जडान गरिएको छ ।


