काठमाडौं । रोयल इनफिल्ड हिमालयनको र्याली इन्स्पायर माना ब्ल्याक एडिशन भारतमा सार्वजनिक भएको छ ।
रोयल इनफिल्डले इक्मा अटो शो २०२५ मा प्रदर्शन गरेको हिमालयन माना ब्ल्याक मोटोभर्स २०२५ मा सार्वजनिक गरेको हो ।
कम्पनीले मोटोभर्समा हिमालयन माना ब्ल्याकको मूल्य ३ लाख ३७ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) तोकेर सार्वजनिक गरेको हो । कम्पनीले यसअघि इक्मामा यो मोटरसाइकलको मूल्य नतोकी सार्वजनिक गरेको थियो ।
कम्पनीले एन्ड्यूरेन्स एड्भेन्चर मोटरसाइकलमा हिमालयनको तुलनामा केही परिर्वतन गरेर माना ब्ल्याक एडिसन ल्याएको हो । हिमालयनमा ४३ एमएम यूएसडी फर्क र लिकेंजटाइप मोनोशक सस्पेन्सन रहेको छ । यी दुवै सस्पेन्सनको २०० एमएम ट्राभल क्षमता छ ।

कम्पनीले माना ब्ल्याकमा र्याली सिट, र्याली मड गार्ड र र्याली ह्यान्ड गार्ड र ट्युबलेस स्पोक ह्वील दिएको छ ।
यसमा ४५२ सीसी लिक्विड कुल्ड सिंगल सिलिण्डर इन्जिन छ । यसले ४० पीएस पावर तथा ४० एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । यसमा राइड वाइ वायर, स्लिपर एसिस्ट क्लच, नेभिगेसन जस्ता फिचर उपलब्ध छ ।


