रोयल इन्फिल्ड हिमायनको नयाँ अवतार ‘स्क्राम्बलर’

इटालीको अटो डिजाइनिङ हाउस ओर्बेडन बेजीले रोयल इन्फिल्ड हिमालयन मोटरसाइकलको स्क्राम्बलरको लुक्सको डिजाइन गरेको छ । यही डिजाइनमा आधारित रहेर कम्पनीले रोयल इन्फिल्ड हिमालयन मोटरसाइकल उत्पादन सुरु गरेको बताइएको छ । 

परिमार्जित मोडल, पुरानो मोडलको तुलनामा थप आकर्षक, पावरफुल र फिचर लोडेड हुने भारतीय मिडिया गाडीवाडीकोे उल्लेख गरिएको छ । 

स्क्राम्बलर डिजाइन युक्त मोटरसाइकलको फ्रन्टमा २०० एमएमको अपसाइड डाउन सस्पेन्सन तथा रियरमा १८० एमएमको सस्पेन्सन दिने जनाइएको छ । रेगुलर मोडलको फ्रन्ट साइडमा उपलब्ध कन्भेन्सल टेलिस्कोपिक फर्कलाई रिप्लेश गरिएको हो ।  

अफरोड भर्सनको नोबी टायर लगाइएको यस मोटरसाइकलमा स्टिल स्पोक ह्वील जडान गरिएको छ । यसको दुबै साइडमा डिस्क ब्रेक दिइएको छ । रेगुलर मोडलको फ्रन्ट साइडमा ३०० एमएमको डिस्क ब्रेक  र रियरमा २४० एमएमको ब्रेक लगाइएको थियो ।

मोटरसाइकलमा सर्कुलर हेडल्याम्प, इन्स्ट्रुमेन्ट प्यानल, स्विंगआर्म, नयाँ कास्ट युनिटको विशेषता समेटिएको छ । 

मोटरसाइकलमा ४११ सीसीको एयरकुल्ड सिंगल सिलिन्डर इन्जिन लगाइएको छ । फ्युल इन्जेक्टेड (एफआई) युनिटमा उपलब्ध यस इन्जिनले २४.५ पिएस पावरका साथै ३२ एनएम टर्क पावर उत्पादनको क्षमता राख्छ । 

साथै, चालकको सुरक्षालाई मध्यनजर गर्दै यसमा डबल च्यानल एबीएसको फिचर दिइएको छ । कम्पनीले निर्माण गरिरहेको यो मोटरसाइकलको मूल्य तथा सार्वजनिक हुने मितिबारे भने कुनै जानकारी दिएको छैन । 


Back_to_top