रोयल इनफिल्ड मेटिअर ३५० को तीन भेरियन्टमा यस्ता छन् भिन्नता, मूल्यमा कती फरक ?

काठमाडौं । रोयल इनफिल्डले मेटीअर ३५० नेपाली बजारमा सार्वजनिक भइसकेको छ । कम्पनीले मेटीअर ३५० को तीन भेरियन्टका मोटरसाइकल सार्वजनिक गरेको हो ।

काठमाडौं । रोयल इनफिल्डको नेपालका लागि आधिरिक बिक्रेता कम्पनी अल्फा अटोमोटिभले तीन भेरियन्टको अलग अलग मूल्य तोकेर बिक्री सुरु गरेको हो ।

कम्पनीले नेपालमा नै एसेम्वल भएको मेटीअर ३५० को सुरुवाती मूल्य ५ लाख ५० हजार रुपैयाँ तोकेर सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको तीन भेरियन्टको मूल्य अलग अलग राखेर सार्वजनिक गरेको मोटरसाइकलको इन्जिन तथा फिचरहरु समान नै रहेको छ भने केही सामान्य फिचर तथा एशोसरिजहरु मोडल अनुसार फरक रहेको छ ।

वेस भेरियन्टको रुपमा रहेको फायर वल भेरियन्टमा ५ लाख ५० हजार तोेकेको छ । यसमा सिंगल कलर डिजाइन पाउन सकिन्छ भने यसमा क्रोमको प्रयोग गरिएको छैन् । यसमा ब्याक रेस्ट तथा भाइजर यो मोडलमा उपलब्ध छैन् ।

त्यस्तै, स्ेटलर भेरियन्टमा ब्याक रेस्ट उपलब्ध छ । यसका साथै यसमा क्रोमको प्रयोग गरिएको छ । यो मोडलमा पनि फ्रन्ट भाइजर उपलब्ध छैन् । यो भेरियन्टको मूल्य ५ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरि, टप भेरियन्ट सुपर नोभामा फ्रन्ट भाइजर तथा ब्याक रेष्ट समेत उपलब्ध छ । यो मोडलमा दुई भेरियन्टको तुलनामा प्रिमियम अलोय ह्वील प्रयोग गरिएको छ । यसको मूल्य ५ लाख ६५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

मेटीअर ३५० मा ३४६ सीसी क्षमताको सिंगल सिलिण्डर एफआई इन्जिन दिने छ । उक्त इन्जिनले २०।४ बीएच पावर र २७ एनएम टर्क प्रदान गर्नेछ । यसमा ५ स्पीड गियरबक्स उपलव्ध छ ।

डबल कार्डिल फ्रेममा बनेको यो मोटरसाइकलमा सेमिडिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ । रेट्रो स्टाइल राउन्ड टेलल्याम्प, पछाडि ट्वीन सक एब्जर्बर दिइएको छ । अगाडि टेलिस्कोपिक फर्क दिइएको छ ।


Back_to_top