भारतमा बुलेट बाइक शून्य प्रतिशत डाउन पेमेन्टमा किन्न सिकने

भारतीय बजारमा रोयल इन्फिल्डले शून्य प्रतिशत डाउन पेमेन्ट अफर सार्वजनिक गरेको छ । यसका लागी ग्राहकको कुनैपनि बैंकमा खाता हुनुपर्ने छ । कम्पनीको बुलेटको कुनैपनि मोडल अब ग्राहकले सय प्रतिशत नै फाइनान्स  सुबिधामा खरिद गर्न सक्नेछन् । यो योजना अन्तर्गत ग्राहकले खरिद प्रकियाको शुल्क तिरेर बाइक घर लग्न सक्नेछन् । 

भारतीय बजारमा जावाको पुनर्गमन पश्चात रोयल इन्फिल्डको बिक्रीमा गिरावट आइरहेको अवश्थामा कम्पनीले यस्तो योजना ल्याएको हो । नोभेम्वर २०१८ मा जावको ग्रान्ड लन्च पश्चात रोयल इन्फिल्डले ४ प्रतिशतले आफ्नो बिक्री गुमाएको थियो । 

यो योजनाले फेरी बिक्री आंकडा माथी ल्याउन सक्ने अनुमान गरीएको छ । यसका साथै कम्पनीको लाइन–अपमा स्यान्र्डड ३५०/५००, क्लासीक ३५०/५०० नयाँ भर्सन, थन्डर ३५०/५००, थन्डरवर्ड ३५०/५०० एक्स जस्ता बाइक रहेको छ । रोयल इन्फिल्डले आफ्ना सबै बाइकहरुमा एबिएस सेफ्टी फिचर प्रयोग गरेर ल्याउने तयारी गरि सकेको छ ।   


Back_to_top