मोबाइलबाटै मोटरसाइकल र घरको बीमा गर्न सकिने

काठमाडौं । अब मोटरसाइकल र घरको बीमा मोबाइलबाटै गर्न सकिने भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले जनमानसमा बीमा सेवा पुराउने लक्ष्य सहित मोटरसाइकल तेश्राे पक्ष तथा घरको बीमालाई डिजिटलाइज गरेको हो । 

कम्पनीले इन्टरनेट डिजिटल्ली सेवा मार्फत हातहातमा बीमा कार्यक्रम शुरु गर्दै मोटरसाइकल, घर, ट्राभल मेडिकल र पर्सनल दुर्घटना बीमा मोबाइलबाटै घरमै बसिबसि गर्न सकिने जानकारी दिएको छ । 

आज वैशाख ११ गतेबाट शुरु हुने गरी कम्पनीले डिजिल बीमा शुरु गरेको हो । 

कम्पनीले विक्री गर्दै आएको बीमालेख मध्ये पहिलो चरणमा मोटरसाइकल तेश्राे पक्षा बीमा रहेको छ भने त्यसपछि लगतै घर बीमा, दुर्घटना बीमा र टार्भलर्स मेडिकल बीमा रहेका छन् । 

उक्त बीमाहरु कम्पनीले बनाएको मोबाइल एप डाउनलोड गरी आफुलाई चाहिने बीमालेख खरिद गर्न सकिने छ । यस्तै बीमा रकम इसेवा, खल्ती तथा आइएमइ पेबाट सजिलै तिर्न सकिने  छ । 

उक्त कम्पनीले नेपालमै पहिलो डिजिटल बीमा शुरु गरेको हो । 


Back_to_top