भारतमा आफ्नो बजार हिस्सा जोगाउन संघर्षरत कार ब्रान्ड, कुन-कुन परे ?

काठमाडौं । केही समययता भारतीय बजारमा ३ नयाँ कम्पनी आक्रामक रुपमा आउने तयारीका साथ लगानी गरि रहेका छन् । उनीहरुका आगमन र उत्पादित कार बजारमा आएपछि मात्र त्यस बारे विश्लेषण हुनेछ । 

हाल भारतीय बजारमा १६ वटा कम्पनीले कार उत्पादन गरि रहेका छन् । यी मध्ये आर्थिक वर्ष २०१८/१९ मा १० कटा कम्पनीको कार बिक्री १ लाखभन्दा कम रहेको तथ्यांक छ । 

यी १० कम्पनीको आव २०१९ मा बजार हिस्सा हेर्ने हो भने फोर्ड इन्डियाको ३ प्रतिशत र रेनोको २.३६ प्रतिशत रहेको छ । २०१९ मा सबैभन्दा धेरै बजार गुमाउनेमा फियाट ब्रान्ड रहेको छ । जसले अघिल्लो वर्षको तुलनामा ५७ प्रतिशत कम सवारी बिक्री गरेको छ । सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (एसआएएएम) का अनुसार फियाटको सेडान लिनिया र प्रिमियम ह्याचब्याक पुन्टो गत आवमा ७९८ वटा मात्र बिक्री भएको छ । जबकी आव २०१८ मा यी कार १ हजार ८६० बटा बिकेको थियो । 

मारुती सुजुकीसँग प्रतिस्पर्धा गरेर आफ्नो उत्पादन लोकप्रिय बनाउनु अन्य सवारी उत्पादकका लागि कठिन कार्य हो ।

फियाटको मुल कम्पनी एफसीएले लिनिया र पुन्टोको बिक्री उल्लेख्य रुपमा गिरावट अएकाले बीएस–६ मापदण्ड अनुसार अग्रेड नगर्ने जनाएको छ । उसले यी मोेडलको अपग्रेडमा लाग्ने लगानी जीप कम्पासको नेटवर्क विस्तारमै खर्चने अनुमान गरिएको छ । 

जीप कम्पासले पनि एफसीएलाई सन्तुष्ट भने पार्न सकेको छैन । आव २०१८ मा १९ हजार ३५८ वटा कम्पास बिक्री भएकोमा गत वर्ष १६ हजार ७९ मा सीमित भएको छ । 

त्यस्तै फक्सवागनको बजार हिस्सा पनि १.०३ प्रतिशतमा सीमित भएको छ । फक्सवागनको बिक्री आव २०१८ को तुलनामा २०१९ मा २३.७ प्रतिशतले कमी आएको छ । फक्सवागन ग्रुपकै स्वामित्वमा रहेको स्कोडाको बिक्री पनि वार्षिक रुपमा ९ प्रतिशतले कमी देखिएको छ । 

त्यस्तै निसान इन्डियाको सवारी बिक्री वार्षिक रुपमा ३०.८० प्रतिशतले कमी आई ३६ हजार ५२५ वटामा सीमिति भएको छ । निसानले सस्तो ब्रान्ड ड्याटसन भारतीय बजारमा सार्वजनिक गर्दा पनि बजार ओरालो लाग्ने क्रममै रहेको देखिन्छ । आव २०१८/१९ मा भारतमा निसानको बजार हिस्सा १.०८ प्रतिशतमात्र रहेको छ । 

निसानको बजार हिस्सा भारतमा तीन वर्ष यता ओरालो लाग्दै आएको छ । आव २०१७ मा १.८ प्रतिशत, २०१८ मा १.६ प्रतिशत र गत वर्ष १.०८ प्रतिशतमा आइपुगेको छ । 

फ्रेन्च कार उत्पादक कम्पनी रेनोको पनि बजार हिस्सा २०१८ मा ३ प्रतिशतभन्दा बढी रहेकोमा गत वर्ष २.३६ प्रतिशतमा सीमित भएको छ । 

किन यी कम्पनीहरु संघर्षमै छन् ?

भारतीय बजार दुई कारणले युनिक छ । पहलो हो एउटै कम्पनीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । दोस्रो भौगोलिक हिसाबले ठूलो र धेरै किसिमका उपभोक्ता रहेकाले कार उत्पादकले उनीहरुको आवश्यकता अनुसारको उत्पादन पुर्याउन नसक्नु । यस कारण सवारी उत्पादकहरुलाई बजार विस्तार गर्न चुनौति भएको हो । 

निक्कै प्रतिस्पर्धात्मक अटो बजारमा उत्पादकले आफ्नो उत्पादन लोकप्रिय बनाउन कठिन छ । मारुती सुजुकीसँग प्रतिस्पर्धा गरेर आफ्नो उत्पादन लोकप्रिय बनाउनु अन्य सवारी उत्पादकका लागि कठिन कार्य हो । मारुती सुजुकी मात्र नभई पछिल्लो समय टाटा मोटर्स र महिन्द्राका प्यासेन्जर कारसँग अन्य ब्रान्डले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको अटोमोबाइल विज्ञहरुको भनाई छ । 

अर्को कारण भनेको बदलिँदो उपभोक्ताको चाहना अनुरुप नयाँ डिजाइनका सवारी विकास गर्न नसक्नु रहेको छ । ग्लोबल कम्पनीहरुले आफ्नो प्रोडक्ट लाइनअप हेडक्वाटरबाट लिनु पर्ने र त्यो भारत बाहेकका बजारका लागि पनि हुने गरेर डिजाइन गरिएको हुन्छ । तर भारतीय कम्पनीहरुले त्यहीका लागि उत्पादन गने र त्यो तत्काल नै निर्णय गर्ने भएकाले बिदेशि ब्रान्डका लागि अप्ठेरो परेको प्रोडक्सन फोरकास्टिङ आइएचएस मार्किटका गौरभ भांगलको भनाई छ । 

बजार जोगाई राख्न र प्रतिस्पर्धी हुन अब भारतीय अटो बजारमा विदेशी कम्पनीहरुले भारतीय कम्पनीहरुसँग साझेदारी गर्नुपर्ने अवस्था आएको आँकलन गरिएको छ । 


Back_to_top