नेपालकै सबैभन्दा सस्तो इलेक्ट्रीक कार ग्राहकलाई दिन सुरु (मूल्यसहित)

काठमाडौं । नाडा अटो शो २०२३ मा बुकिङ खुल्ला भएको सेरेस मिनी कार ग्राहकलाई दिन सुरु भएको छ । नेपालमा उपलब्ध मिनी कार मध्ये सबैभन्दा सस्तो मूल्यको कारण सेरेस ई–१ कार चर्चा कमाउन सफल मोडल हो ।

सेरेसको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले नेपाल ल्याएको मिनी ईभी सेरेस ई–१ को सुरुवाती मूल्य १३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले यसलाई विभिन्न तीन भेरियन्टमा उपलब्ध गराएको छ ।

सबैभन्दा कम मूल्यको सर्ट रेन्ज भेरियन्ट हो । यसमा १३ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसले सिंगल चार्जमा १८० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

१३ किलोवाट आवर क्षमताको ब्याट्री साइजमै फुल अप्सन ई–१ पनि उपलब्ध छ । यसको मूल्य भने १६ लाख ४९ हजार कायम गरिएको कम्पनीले जनाएको छ ।

त्यसैगरी सेरेस ई–१को लङ रेन्ज मोडलको मूल्य १७ लाख ९९ हजार तोकेर बुकिङ लिइएको थियो । यसमा १६ किलोवाट आवरको ब्याट्री उपलब्ध छ । यसलाई सिंगल चार्जमा २२० किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ ।


Back_to_top