आइएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप

काठमाडौं । आइएमई ग्रुप विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्ड मोटुलको नेपालका लागि आधिकारिक किक्रेतामा नियुक्त भएको छ ।

विगत लामो समयदेखी नेपाली बजारमा उपलब्ध हुँदै आएको मोटुल लुब्रिकेन्ट अब आधिकारिक रुपमा आइएमई ग्रुपले बिक्री वितरण गर्ने भएको हो ।

आधिकारिक बिक्रेतामा नियुक्त भएसंगै कम्पनीले मोटुलको बजारलाई देशभर विस्तार गर्ने जनाएको छ । आइएमई ग्रुप अन्तर्गतको अटोमोटिभ डिभिजनका सीईओ हेमन्त पुरानिकले गुणस्तरीय र उच्च प्रविधियुक्त उत्पादन उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता अनुरुप मोटुलसंग सहकार्य गरिएको बताए ।


Back_to_top